NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

श्रीलंकामा प्रधानमन्त्रीपुत्रसहित २६ मन्त्रीद्वारा सामूहिक राजीनामा

काठमाडौं (एजेन्सी) । चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । जारी प्रदर्शन नियन्त्रणबाहिर गएपछि देशव्यापी संकटकाल घोषणा गरिएको पर्सिपल्ट त्यहाँका २६ मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् ।

बिबिसीले श्रीलंकाका २६ मन्त्रीले राजीनामा बुझाएको त्यहाँका शिक्षा मन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मन्त्रीहरूले विकसित परिस्थितिमाझ राजीनामा दिए पनि राष्ट्रपति गोटाबय राजपक्ष र प्रधानमन्त्री महिन्द्र राजपक्षले भने राजीनामा दिएका छैनन् । तर मन्त्रिपरिषद्मा सहभागी प्रधानमन्त्रीपुत्रले भने राजीनामा दिएका छन् ।

अर्थतन्त्रको मुख्य मेरुदण्ड पर्यटन व्यवसायमा महामारीले मन्दी आएपछि विकसित घटनाक्रमले श्रीलंका इतिहासमै खराब आर्थिक संकट सामना गरिरहेको छ । त्यहाँका जनताले १० घण्टा लामो लोडसेडिङसँगै पेट्रोलियम पदार्थको चर्को अभाव झेलिरहेका छन् ।