लोक सेवा आयोगको अधिकृततहकाे परिक्षाकाे तयारीमा रहेकोले पढ्नुपर्ने विषयहरु

- नेपालको संविधान पढ्नुपर्छ । संविधानका निर्देशक सिद्धान्तहरु, संविधानले राज्यलाई दिएको निर्देशन, मौलिक हक, संबैधानिक निकायहरु, राज्यको आर्थिक कार्यप्रणाली लगायत कुराहरुलाई एकदमै क्रिटिकल भएर अध्ययन गर्नुपर्छ । शब्दले के भन्न खोजेको छ, व्यवहारमा के छ भन्ने कुराहरु उसले पढ्नुपर्छ ।
- आवधिक योजना अर्थात अहिलेका लागि १४ औँ योजनालाई निकै महेनत गरेर पढ्नुपर्छ ।
- निजामति सेवा ऐन । निजामती सेवा ऐनले समग्र निजामति प्रशासनलाई दिशानिर्देश गर्ने भएकाले उक्त ऐन, नियमावलीहरुलाई मसिनो गरि पढ्नुपर्छ ।
- त्यसपछि चालु बर्षको बजेट, नीति तथा कार्यक्रम र आर्थिक सर्वेक्षणका तथ्यांकहरु गहन रुपमा अध्ययन गर्नुपर्छ । यससँगै नेपालको दिगो विकासको लक्ष्यलाई पनि राम्रोसँग पढ्नुपर्छ ।
- उल्लेखित विषयहरु पढ्दा हल्का रुपमा नभए हरेक शब्दको आशय र व्यवहारमा के भइरहेको छ भन्ने कुरा ख्याल गर्ने गरि पढ्नुपर्छ ।
- त्यसपछि पाठ्यक्रममा भए अनुसारको विषयवस्तुको सन्दर्भ सामाग्री कलेक्सन गर्नुपर्छ ।
ताजा अपडेट
-
स्थानीय तह निर्वाचन परिणाम : कांग्रेस पहिलो, दोस्रोका लागि एमाले र माओवादीबीच प्रतिस्पर्धा !
-
भरतपुरमा रेनु र विजयबीच कडा प्रतिस्पर्धा, बाजी कसले मार्ला ?
-
१० हजार मतनजिक बालेन, स्थापित र सिंहले कति–कति ल्याए ?
-
राप्रपाको गढ भत्काउँदै रुविभ्यालीमा माओवादी विजयी
-
पनौती ४ मा एमालेका दाहाल विजयी
प्रतिक्रिया