NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

त्रिदेशीय सिरिजको उपाधिको लागि पिएनजीसँग भिड्दै नेपाल

काठमाडौं । त्रिदेशीय टी–२० सिरिजको उपाधिको लागि नेपाल र पपुवा न्युगिनी (पिएनजी) भिड्दैछन् । चार खेलमा नेपाल चारवटै जित्दै फाइनल पुगेको थियो ।

पिएनजी भने चारमध्ये एउटा मात्रै खेल जिते पनि फाइनलमा नेपालसँगको भिडन्त पक्का गर्न सफल भएको हो । मलेसियाले पनि समान खेल जिने पनि पिएनजी रनरेटमा अगाडि रहँदै फाइनलमा पुगेको हो ।

नेपालले पिएनजीलाई १५ रन, मलेसियालाई ६ विकेट, फेरि पिएनजीलाई ३७ रन र अन्तिम खेलमा मलेसियालाई ८५ रनले पराजित गरेको थियो ।

पिएनजीले पनि नेपालसँग दुईवटै खेलमा पराजय बेहोरेको थियो । मलेसियासँग खेल हारे पनि एक खेल राम्रो रनरेटले जित्दा फाइनल पुग्यो ।
टी–२० अघिको एकदिवसीय सिरिजमा नेपाल पिएनजीसँग २–० ले पराजित भएको थियो ।

लगातार राम्रो प्रदर्शन गरेको नेपाल आजको फाइनल अघि पनि उत्साही गरेको कप्तान सन्दीप लामिछानेले बताएका छन् । तर अघिपछि राम्रो खेल्ने फाइनल र निर्णायक खेलमा चुक्ने नेपालको समस्या छ । पिएनजीले लगातार हारेकाे बदला फाइनलमा उठाउने लक्ष्य लिएकाे छ ।

नेपालकाे राम्राे पक्ष ब्याटिङमा सुधार हुनु हाे ।

पिएनजीलाई हराएर उपाधि जित्न र बलिङ र ब्याटिङमा नेपालले उच्च प्रदर्शन गर्नुपर्नेछ ।

नेपाल र पिएनजजीकाे फाइनल नेपाली समय अनुसार आज साढे १२ बजे टियु क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।