NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेपाललाई एकै ओभरमा तीन झट्का

काठमाडौं । त्रिदेशीय टी–२० सिरिजको फाइनलमा पपुवा न्युगिनीविरुद्ध नेपाललाई लगातार तीन झट्का लागेको छ ।

११ औं ओभरको पहिलो बलमा २९ रनमा आशिफ शेख आउट भएका लगत्तै तेस्रो बलमा आरिफ शेख पनि २ बलमा शुन्य रनमा आउट भए ।

लगत्तैको पाँचौ बलमा दिलिपनाथ पनि २ बलमा शुन्य रनमा आउट भएपछि नेपाल दबाबमा आएको हो ।

१२ ओभरको समाप्तिमा नेपालले ५ विकेट गुमाउँदा ८२ रनमात्रै जोडेको छ ।