NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

दीपेन्द्रले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं । त्रिदेशीय टी–२० सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध दीपेन्द्रसिंह ऐरीले नेपाललाई लगातार दुई सफलता दिलाएका छन् ।

९ बलमा ८ रन बनाएर खेलिरहेका असाद भालालाई ऐरीले एलबिडब्ल्यु आउट गराएका हुन् । लगत्तै टोनी उरालाई पहिलो बलमै रोहित पौडेलमार्फत् क्याचआउट गराएका हुन् ।

२.५ ओभरमा करण केसीले ८ रन बनाएर खेलिरहेका लेगा सियाकालाई आदिल आलममार्फत् क्याचआउट गराएर पहिलो विकेट लिएका थिए ।

नेपालले जितका लागि पिएनजीलाई १६९ रनको लक्ष्य दिएको छ ।

पिएनजीले ५ अाेभरमा २९ रन बनाउँदा तीन विकेट गुमाएकाे छ ।