NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

श्रीलंकाको नयाँ मन्त्रिमण्डलबाट राष्ट्रपतिले आफ्नै भाइ हटाए

कोलम्बो । श्रीलंकामा चरम आर्थिक संकटका कारण भएको विरोध प्रदर्शनपछि देशको केन्द्रीय मन्त्रिपरिषद्ले राजीनामा दिएको छ । यसैबीच राष्ट्रपति गोटाबाया राजपाक्षेले पनि विपक्षी दलहरुलाई मन्त्रिपरिषद्मा सामेल हुन प्रस्ताव गरेका छन् ।

योसँगै सोमबार नयाँ ४ मन्त्रीले सपथ लिएका छन् । मन्त्रिपरिषद्का २६ मन्त्रीले आइतबार राति आफ्नो पदबाट राजीनामा दिएका थिए । तर, प्रधानमन्त्री महिन्दा राजपाक्षे र उनका भाइ एवं राष्ट्रपति गोटाबाया राजपाक्षेले राजीनामा दिएका छैनन् ।

उल्लेखनीय कुरा के छ भने यस नयाँ मन्त्रिपरिषद्मा राष्ट्रपतिले आफ्ना भाइ र अघिल्लो मन्त्रिपरिषद्मा अर्थमन्त्री रहेका बासिल गोटाबायालाई स्थान दिएका छैनन् ।

श्रीलंकाको राष्ट्रपति कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मिलेर देशको आर्थिक समस्याबाट बाहिर निस्कने गरी मन्त्री पदको प्रस्ताव गरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति गोटाबाया राजपाक्षेले सबै राजनीतिक दललाई जारी राष्ट्रिय संकट समाधान गर्न एकजुट हुन प्रस्ताव गर्नुभएको छ ।’

योसँगै चार नयाँ मन्त्रीमा बासिल राजपाक्षेको स्थानमा अली साबरीलाई अर्थमन्त्री बनाइएको छ । जीएल पेरिस परराष्ट्रमन्त्री, दिनेश गुणवर्द्धने शिक्षामन्त्री, जोनस्टन फर्नान्डो यातायात मन्त्री बनेका छन् ।

यसअघि श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर अजित निभार्ड काब्रालले राष्ट्रपति गोटाबाया राजपाक्षेसमक्ष राजीनामा बुझाएका थिए । देश चरम संकटमा परेपछि धेरै प्रदर्शनकारीहरूले राजपाक्षे परिवारको राजिनामाको माग गरिरहेका छन् । आइतबार धेरै प्रदर्शनकारीहरू कर्फ्यू तोडेर सडकमा उत्रिएका थिए ।

सन् १९४८ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि पहिलाेपटक यो देश गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ ।

श्रीलंका : सबै राजनीतिक दललाई सरकारमा आउन आग्रह

अन्ततः श्रीलंकामा संकटकाल घोषणा

श्रीलंका कसरी फस्यो आर्थिक संकटमा ?