NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

नेपालले टि–२० सिरिज जित्दाका साक्षी हेरौं ६ तस्बिरमा

काठमाडौं । पपुवा न्युगिनीलाई हराउँदै नेपालले त्रिदेशीय टि–२० सिरिजको उपाधि जितेको छ ।

आज काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले पिएनजीलाई ५० रनले हराउँदै उपाधि जितेको हो ।

त्रिवि मैदानमा आज झण्डै १२ हजार दर्शक उपस्थित थिए ।

राष्ट्रिय झण्डासहित उपस्थित उनीहरूले नेपालको हौसला बढाएका थिए ।

 

त्रिवि मैदानमा आज विभिन्न पेशा र उमेर समूहका दर्शक उपस्थित भएका थिए ।

पिएनजी र मलेसिया सम्मिलित त्रिदेशीय सिरिजमा नेपाल सबै ४ खेल जित्दै फाइनलमा पुगेको थियो ।

टी–२० सिरिजको उपाधि नेपाललाई