NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी, करण उत्कृष्ट बलर

काठमाडौं । पपुवा न्युगिनी (पिएनजी)लाई ५० रनको भारी अन्तरले हराउँदै नेपालले त्रिदेशीय टि–२० क्रिकेट सिरिज जितेको छ ।

घरेलु मैदानमा सिरिज जित्दा नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी प्रतियोगिताको सर्वोत्कृट खेलाडी (प्लेयर अफ दि सिरिज) चुनिएका छन् ।
सिरिजमा ५ खेल खेल्दा उनले १ शतक र २ अर्धशतक बनाए । यसक्रममा उनले कुल २५५ रन जोडे । यससँगै उनी सिरिजको सर्वाधिक रन बनाउने ब्याटर बने ।

दीपेन्द्रले बलिङमा पनि राम्रै प्रदर्शन गरे । उनले ५ खेलमा ७ विकेट लिएका छन् ।

दीपेन्द्र आजको फाइनल खेलको पनि प्लेयर अफ दि म्याच चुनिएका छन् ।

फाइनलमा उनले ५४ रनसहित अर्धशतक गर्नुका साथै ४ विकेट पनि लिएका छन् ।

यस्तै नेपालकै करण केसी प्रतियोगिताका उत्कृष्ट बलर चुनिएका छन् । उनले ५ खेलबाट १६.४ ओभर बलिङ गर्दै १३ रन लिएका छन् ।