NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

प्रचण्डको प्रतिष्ठासँग जोडिएको भरतपुर महानगरमा दुई गठबन्धनबीच प्रतिस्पर्धाको सम्भावना

काठमाडौं । भरतपुर महानगरपालिकामा स्थानीय तह चुनावको रौनक सुरु भएको छ । पार्टीहरू घरदैलो अभियानमा जुटिसकेका छन् ।

महानगरमा मुख्य गरी कांग्रेस, एमाले र माओवादी केन्द्रले आफ्ना गतिविधि बढाएका छन् । भरतपुर महानगरमा संघीय सरकारको समेत चासो देखिने गरेको छ ।

चर्चामा चितवन

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र र उनकी छोरी रेनु दाहाल मेयर रहेका कारण पनि चितवनको भरतपुर महानगर चर्चामा रहने गरेको छ । यहाँको चासो देशभर नै हुने गरेको छ । मेयर रेनुले कांग्रेस र माओवादी गठबन्धनको उम्मेदवार बनेर जितेकी थिइन् । प्रचण्डले पनि एमाले र माओवादीको गठबन्धनबाटै चुनाव जितेका थिए । केही दिनअघि प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर आगामी चुनावमा पनि कांग्रेससँगै गठबन्धन हुने बताइसकेका छन् ।

उता शेखर कोइराला पक्षका कांग्रेस चितवनका सभापति राजेश्वर खनालले कुनै पनि हालतमा चितवनमा कांग्रेस–माओवादी गठबन्धन नहुने बताएका छन् । प्रचण्डले माथिबाटै समीकरण बन्ने जवाफ फर्काइसकेका छन् । सामाजिक सञ्जालमा मेयर रेनुका समर्थक र कार्यकर्ताले प्रचार अभियान तीव्र बनाइसकेका छन् । मेयर रेनु पनि यो पाँच वर्षको अवधिमा आफूले गरेका काम लिएर मतदातासमक्ष पुग्न थालेकी छिन् ।

०७४ को चुनावलाई फर्केर हेर्दा

०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी मिलेर लडेका थिए । भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार माओवादीबाट अध्यक्ष प्रचण्डकी छोरी रेनु थिइन् भने एमालेबाट देवी ज्ञवाली । रेनु र ज्ञवालीबीच कडा प्रतिस्पर्धा भयो । मतगणना अन्तिम चरणमा पुग्नै लाग्दा ज्ञवाली झिनो मतले अघि थिए । १९ नम्बर वडाको मतगणना जारी थियो । २० नम्बर वडाको मतगणना हुन बाँकी थियो । त्यही बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि चर्को विवाद भयो । मतगणना सुरु गर्नुपर्ने एमालेको माग र पुनः मतदान गराउनुपर्ने कांग्रेस–माओवादीको मागले विवाद भयो । निर्वाचन आयोग हुँदै मुद्दा अदालतमा पुग्यो । अदालतले १९ नम्बर वडामा पुनः मतदान गर्न आदेश दियो ।

०७४ साउन १६ गते पुनः भएको मतगणनामा ९४ हजार सात सय ४० सदर मतमा रेनुले ४३ हजार एक सय २७ पाइन् । ज्ञवालीले ४२ हजार नौ सय २४ मत पाए । रेनु दुई सय तीन मतान्तरले चुनाव जितेर महानगरको मेयर भइन् ।

केही दिनअघि प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर आगामी चुनावमा पनि कांग्रेससँगै गठबन्धन हुने बताइसकेका छन् । उता शेखर कोइराला पक्षका कांग्रेस चितवनका सभापति राजेश्वर खनालले कुनै पनि हालतमा चितवनमा कांग्रेस–माओवादी गठबन्धन नहुने बताएका छन् । प्रचण्डले माथिबाटै समीकरण बन्ने जवाफ फर्काइसकेका छन् ।

राप्रपाका बद्रीनाथ तिमिल्सिनाले ६ हजार आठ सय ४२ मत ल्याए । उपमेयरमा भने पहिलो चरणमा नै गठबन्धनबाट कांग्रेसकी पार्वती शाह ठकुरीले चुनाव जितेकी थिइन् । शाहले ४७ हजार एक सय ९७ मत पाउँदा एमालेकी दिव्या शर्माले ३९ हजार पाँच सय २५ मात्रै पाइन् । शाह सात हजार ६ सय ७२ मतान्तरले जित्दै उपमेयर बनिन् । राप्रपाकी रिना गुरुङले सात हजार दुई सय ५२ मत ल्याइन् ।

वडाको हिसाबले भने एमालेले बढी अध्यक्ष जितेको थियो । २९ वडा रहेको चितवनमा एमालेले १४, कांग्रेसले १२ र माओवादी केन्द्रले तीनवटा वडाध्यक्ष जिते । त्यसैले कार्यपालिका बैठकमा कुनै एक दलको मात्र बहुमत पुगेन ।

सम्भावित गठबन्धन

विगतको मतपरिणाम, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र छोरी रेनुको निर्वाचन क्षेत्र भएका कारण चितवन सधैँ चर्चामा रहने गरेको छ ।

त्यसैले यसपटकको निर्वाचनमा पनि दलहरूबीच चुनावी तालमेलको सम्भावना बढी देखिन्छ । एमालेलाई पाखा लगाउन कांग्रेस र माओवादीबीच तालमेलको सम्भावना बढी छ । तर, माओवादी कांग्रेससँग तालमेलको पक्षमा खुले पनि कांग्रेसमा अहिलेसम्म एकमत देखिएको छैन । पार्टी सभापति शेरबहादुर देउवा गठबन्धनकै पक्षमा देखिए पनि कांग्रेस चितवनका सभापति राजेश्वर खनालसहित अन्य केही नेताहरू तालमेल गर्न नहुने पक्षमा देखिएका छन् । यसले कांग्रेस अझै केही समय अनिर्णयको बन्दी हुने सम्भावना छ । तर, चितवनमा भने स्थानीय स्तरमै नभएर केन्द्रबाटै तालमेलको रणनीति बनाउन दलहरू प्रयासरत छन् ।

अघिल्लोपटक स्थानीय चुनावमा माओवादी–कांग्रेस र संघको चुनावमा एमाले–माओवादी तालमेल भएको थियो । दुवैपटक माओवादीलाई फाइदा भएको थियो । एमालेसँगको तालमेलले प्रचण्ड सांसद बने, कांग्रेससँगको तालमेलले छोरी रेनु मेयर बनिन् ।

तर, यसपटक भने माओवादीका दुवै हातमा लड्डु नहुन पनि सक्छ । विगतमा माओवादीले तालमेलबाट मेयर पाएकाले अहिले मेयरमा कांग्रेसले दाबी गरिरहेको छ । उम्मेदवार तय भइसकेको त छैन, तर अहिलेकी उपमेयर पार्वती शाह ठकुरीले आफू मेयरमा उठ्ने भन्दै माओवादीबाट सहयोगको अपेक्षा गरेकी छिन् ।

उता एमाले पनि विगतको हारको बदला लिन हरेक उपाय अपनाउने पक्षमा देखिन्छ । चितवन चुनावका कारण विगतमा देखिएको एमाले–माओवादीको तुष पार्टी एकतापछि केही कम भए पनि अहिले फेरि चुलिएको छ । त्यसैले एमाले पनि तालमेल गरेरै भए पनि मेयर पड्काउने पक्षमा छ ।

त्यसका लागि एमालेले विगतमा राम्रो भोट ल्याएको र पकड भएको राप्रपासँग तालमेल गर्ने सम्भावना छ । राप्रपाको वडा स्तरमा पनि राम्रै संगठन छ । एमाले–राप्रपाको तालमेलले कांग्रेस–माओवादी गठबन्धनलाई राम्रै टक्कर दिन सक्छ । कांग्रेस–माओवादीको गठबन्धनमा एकीकृत समाजवादी पनि जोडिँदा कडा प्रतिस्पर्धा हुन सक्छ ।

माओवादीका लागि संघसँग जोडिएको स्थानीय चुनाव

माओवादी केन्द्रका लागि चितवनको स्थानीय निर्वाचन संघीय चुनावसँग पनि जोडिएको छ । किनकि माओवादी अध्यक्ष प्रचण्डको गृहजिल्ला र चुनावी क्षेत्र पनि चितवन नै हो । त्यसैले यसपटक प्रचण्डले मेयरमा छोरीलाई उम्मेदवार नबनाएर भए पनि तालमेलबाट आफ्नो स्थान सुरक्षित बनाउन सक्ने सम्भावना पनि छ । त्यसो गर्दा रेनु प्रदेश सांसद हुने र मेयर कांग्रेसलाई दिने सम्भावना पनि रहेको कतिपयको विश्लेषण छ । तर, गतिलो काम गरेकाले रेनुलाई बाइपास गर्न भने अप्ठेरो छ । त्यसैले प्रचण्ड केन्द्रबाटै तालमेल गरेर भरतपुर महानगर आफूले लिने प्रयासमा देखिन्छन् ।

उता एमाले पनि विगतको हारको बदला लिन हरेक उपाय अपनाउने पक्षमा देखिन्छ । चितवन चुनावका कारण विगतमा देखिएको एमाले–माओवादीको तुष पार्टी एकतापछि केही कम भए पनि अहिले फेरि चुलिएको छ । त्यसैले एमाले पनि तालमेल गरेरै भए पनि मेयर पड्काउने पक्षमा छ ।

केही दिनअघि प्रचण्डले छोरी रेनुलाई मेयरमा दोहो¥याउन भन्दै भरतपुर महानगर माओवादीलाई दिने वातावरण बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रस्ताव गरेका थिए । देउवाले चैत ६ गते बिहान चितवन कांग्रेसका सभापति राजेश्वर खनाललाई बालुवाटार निवासमै बोलाएर भरतपुर प्रचण्डकी छोरीलाई दिनुपर्ने हुन सक्ने भन्दै त्यसका लागि सहयोग गर्नुपर्ने बताएका छन्  । प्रचण्डले पनि चैत १० गते चितवनमै खनाललाई भेटेर थप कुराकानी गरेका छन् ।

चुनावी तालमेलका लागि आफैँले अघि सारेको मोडालिटीले पनि भरतपुर महानगर माओवादीले पाउनुपर्ने प्रचण्डको तर्क छ । प्रचण्डले स्थानीय तहको निर्वाचनमा जुन दलले जहाँ–जहाँ जितेका छन्, त्यसलाई कायम राखेर एमालेले जितेका स्थानमा भागबन्डा गर्नुपर्ने मोडालिटी अघि सारेका थिए । जुन प्रस्तावमा कांग्रेसका शीर्ष नेताहरू सहमत भएको पनि अनुमान गरिएको छ ।

सम्भावित परिणाम

भरतपुर महानगरमा कसले चुनाव जित्छ भनेर अहिले नै अनुमान गर्न गाह्रो छ । किनकि कस्तो गठबन्धन बन्छ भन्ने कुराले चुनावी परिणाम पनि तय हुनेछ । अर्कोतिर धेरै दल विभाजित भएकाले पनि यसै भन्न सकिने अवस्था छैन । सबैभन्दा ठूलो दल एमाले विभाजन भएर एकीकृत समाजवादी बनेको छ । भरतपुरको चौथो ठूलो शक्ति राप्रपा पनि विभाजित छ । माओवादीका प्रभावशाली मानिने रामबहादुर थापा बादल अहिले एमालेतिर लागेका छन् । अहिलेसम्मको अवस्थामा सत्तासाझेदार दलबीच एउटा गठबन्धन बन्ने सम्भावना छ ।

अर्कोतिर भरतपुरमा एमाले र राप्रपाबीच पनि तालमेल हुन सक्छ । दुईवटा गठबन्धन बने मेयरमा कडा टक्कर हुन सक्छ । माओवादीले मेयर पायो भने रेनुलाई नै दोहो¥याउने निश्चित छ । तर, यसपटक उनले आफूलाई कामबाट प्रमाणित गरेकाले अघिल्लोपटक भन्दा केही सजिलो हुन सक्छ । अर्कातिर सधैँभरि अर्को दललाई भोट हाल्नुपरेको भन्दै स्थानीय कांग्रेसमा असन्तुष्टि देखिन्छ । कुन दलबाट कस्ता उम्मेदवार बन्छन् भन्नेले पनि परिणाम प्रभावित हुन सक्छ । दलगत रूपमा महानगरमा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी देखिन्छन् । एक्लाएक्लै चुनाव भएको अवस्थामा यी दुई दलबीच नै मुख्य प्रतिस्पर्धा हुनेछ । पछिल्लोपटक थपिएका मतदाता पनि चुनावमा निर्णायक हुन सक्छन् ।

भरतपुर नगर पञ्चायतदेखि महानगरसम्म

नारायणी नदी किनार तथा प्रसिद्ध धार्मिक स्थल देवघाटधामको काखमा रहेको भरतपुर महानगरपालिकाले ऐतिहासिक, सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक रूपले मुलुककै अग्रणी नगरका रूपमा पहिचान बनाएको छ । ०३५ सालमा तत्कालीन भरतपुर गाउँ पञ्चायत र नारायणगढ गाउँ पञ्चायतलाई मिलाई भरतपुर नगर पञ्चायत बनेको थियो ।

भरतपुर क्षेत्र परम्परागत रूपमा कांग्रेसको गढका रूपमा परिचित छ । स्थानीय निर्वाचनमा नगर पञ्चायतदेखि नै यहाँ कांग्रेसले जित्दै आएको छ । प्रजातन्त्र स्थापनापछि ०४९ सालमा भएको स्थानीय निर्वाचनमा भरतपुर नगरपालिकामा कांग्रेसका मुक्तिलाल चुके मेयर बनेका थिए ।

०४८ सालदेखि भरतपुर नगरपालिकाको रूपमा रहेकोमा ०७१ मंसिर १६ गते आसपासका मंगलपुर, फूलबारी, गीतानगर, शिवनगर र पटिहानी गाविस समावेश गरी भरतपुर उपमहानगरपालिका बनेको थियो । ०७३ फागुन २७ गते नारायणी नगरपालिका, चित्रवन नगरपालिका र कविलास गाविससमेत थप गरी भरतपुर महानगरपालिकामा स्तरोन्नति गरिएको थियो ।

कांग्रेसको पकड क्षेत्र

भरतपुर क्षेत्र परम्परागत रूपमा कांग्रेसको गढका रूपमा परिचित छ । स्थानीय निर्वाचनमा नगर पञ्चायतदेखि नै यहाँ कांग्रेसले जित्दै आएको छ । प्रजातन्त्र स्थापनापछि ०४९ सालमा भएको स्थानीय निर्वाचनमा भरतपुर नगरपालिकामा कांग्रेसका मुक्तिलाल चुके मेयर बनेका थिए ।

०५४ सालको एमाले लहरका बेला भएको चुनावमा पनि भरतपुर महानगर कांग्रेसले जितेको थियो । हिमबहादुर पिया मेयर बनेका थिए । चुके र पिया भरतपुर नगर पञ्चायत हुँदा पनि प्रधानपञ्च बनेका थिए । चुकेलाई भरतपुरको संस्थापक मेयर मानिन्छ । दुवैजनाको निधन भइसकेको छ ।

कति थपिए मतदाता ?

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाबाट एक लाख ८५ हजार सात सय ५२ मतदाताले मतदान गर्न पाउने भएका छन् । यसअघिको निर्वाचनमा एक लाख ५० हजार दुई सय ७४ मतदाता रहेकोमा यसपटक झन्डै ३५ हजार पाँच सय मतदाता थपिएका हुन् । चितवनको भरतपुर महानगरमा झन्डै तीन लाख ७० हजार जनसंख्या छ ।