NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

यी हुन् सरकारी छात्रवृत्तिमा अध्यययन गर्न विदेश गएर नफर्किने अधिकृत

काठमाडौं । सरकारी छात्रवृत्तिमा विदेश अध्ययन गर्न गएका विभिन्न सेवाका सरकारी अधिकृतहरू उतै बेपत्ता भएको पाइएको छ । नयाँ पत्रिका दैनिकले आज यसबारे मुख्य समाचार नै बनाएको छ ।

विदेशको ज्ञान, सीप स्वदेशमा सदुपयोग गर्ने कबुलियतनामा गरेर सरकारी सेवा सुविधामा वैदेशिक अध्ययन गएका विभिन्न मन्त्रालयमातहतका कर्मचारीको संख्या दर्जनौं छ ।

कृषि मन्त्रालयका मात्र १६ कर्मचारी स्वदेश फर्किएका छैनन् । जसमा सहसचिव अस्ट्रेलिया गएका सहसचिव डा. राजेन्द्र अधिकारी, वरिष्ठ कृषि प्रसार अधिकृत जयन्तीकुमारी भुसाल, भीम चौलागाईं, रामकृष्ण कहार, कृपा ढकाल, खड्कसिंह विष्ट, शिवचन्द्र घिमिरे, कमलराज आचार्य, तोयानाथ बराल, तुलसीराम थापा, विनु श्रेष्ठ, सुवास सिवाकोटी, अञ्जनकुमार चालिसे, रिमादेवी, घ्याग्याल्पो पुनेल र यादव शर्मा बजगाईं छन् । सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागमा कार्यरत इन्जिनियर सुवर्णशोभा शाक्य र विजया आचार्य पनि अध्ययन सकिसकेपछि पनि विदेशमै भुलिएका छन् ।

उद्योग मन्त्रालयअन्तर्गत खानी तथा भूगर्भ विभागका सुदीप श्रेष्ठ, रोशन कोइराला, सन्तोष अधिकारी र सम्झना बुढाथोकी पनि बेपत्ता छन् ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका हरिचरण घिमिरे, विजयकुमार पोखरेल, प्रभा शाह, प्रमिला अधिकारी, विष्णुप्रसाद सुवेदी शैलेन्द्र सिंह र स्वास्थ्य मन्त्रालयका सोनिया कोइराला पनि गैरजिम्मेवार हुँदै स्वदेश फर्किएका छैनन् ।