NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

केपी ओलीमा जाग्यो, ‘टोखा सुरुङ मार्गहुँदै केरुङ–काठमाडौँ रेल चढ्ने रहर’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टोखाबाट फुत्त नुवाकोट सुरुङ मार्गहुँदै केरुङ–काठमाडौँ रेल चढ्न मन लागेको बताएका छन् ।

आफ्नो जीवन कालमा नै रक्सौल–काठमाडौँ रेल चढेर जाने इच्छा रहेको पनि उनले बताए ।

प्रोगेसिभ इन्जिनियर्स एसोसिएसनको नवौँ महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “टोखाबाट फुत्त नुवाकोट सुरुङ मार्गबाट जान मन छ, केरुङबाट काठमाडौँ रेल चढ्न मन छ ।”

अध्यक्ष ओलीले नेपाल अब सुरुङ युगमा प्रवेश गरिसकेको चर्चा गर्दै भौतिक पूर्वाधार विकासका साथै सिँचाइका क्षेत्रमा समेत सुरुङको प्रयो ग गर्नुपर्नेमा जोड दिए ।

उनले देशको समृद्धिमा भौतिक पूर्वाधार विकासको सम्भावना, सम्भाव्यता, अध्ययनमा लाग्न विज्ञ प्राविधिक जनशक्तिलाई आह्वानसमेत गरे । उनले भने, भौतिक पूर्वाधार विकासका लागि कहाँ–कहाँ सुरुङ आवश्यक छ ? त्यसको सम्भावना र सम्भाव्यता अध्ययनमा लाग्नुस्, गुरुयोजना बनाउनुस् ।

सोसल इन्जिनियरिङ बरु मै गरुँला । उनले कृषिको आधुनिकीकरण नगरी नहुनेमा जोड दिँदै कृषिको आधुनिकीकरण, औद्योगीकरण, व्यवसायीकरण कसरी गर्ने ? भन्ने विषयमा विज्ञहरूले ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाबाट नै नेपालले आर्थिक समृद्धि प्राप्त गर्नेसमेत उनले बताए । अध्यक्ष ओलीले नेपालको पूर्वाधार विकासमा इन्जिनियरहरूको भूमिका महत्वपूर्ण हुने भएकाले प्राविधिक जनशक्ति सचेत, सजग, राष्ट्रप्रेमी र देशभक्त हुनुपर्नेमा जोड दिए ।

ताजा अपडेट

नेपालवाच विशेष