NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सल्यानमा जिप दुर्घटना, एक जनाको मृत्यु

दाङ । सल्यानमा मंगलबार बिहान जिप दुर्घटना भएको छ । घटनामा एक जनाको ज्यान गएको छ भने एक जना घाइते छन् ।

शारदा नगरपालिका–१ को दारिमचौरबाट श्रीनगरतर्फ गइरहेको भे १ ज ३३६ नम्बरको जीप मंगलबार बिहान ६ बजे दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, सल्यानका अनुसार, सहचालक १८ वर्षीय नारायण वलीको मृत्यु भएको छ । जिपका चालक भने सामान्य घाइते छन् ।

जिप सडकबाट करिब १५ मिटर तल खसेको छ । दुर्घटनाबारे नखुलेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।