NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

प्रधानमन्त्रीको भारत भ्रमण सोचेकोभन्दा सफल

प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण सोचेको भन्दा पनि राम्रो भयो । छोटो भए पनि भ्रमण सफल भएको छ । नेपाल र भारतबीचका सबैखाले कनेक्टिीभिटी जरुरी देखिएको छ । यस्तो कनेक्टिीभिटी सडकको होस्, बिजुलीको होस् वा एयररुटको नै किन नहोस् नेपालको लागि त झन् बढी जरुरी छ । किनभने हामी ‘ल्याण्डलक’ देश हौं । हाम्रो सीमा दुई देशसँग जोडिए पनि एउटा देशसँगको भूगोल र पहुँच कठिन र टाढा छ । चीनसँग हिमाल पार गर्नुपर्ने अवस्था छ । चीनसँग सामुद्रिक पहुँचको सांघाई पुग्न मात्रै ५ हजार किलोमिटर पार गर्नुपर्छ । जबकी भारतको नजिकको बन्दरगाह केही सय किलोमिटरको दुरीमा छ ।

यसर्थ सीमा दुई देशसँग जोडिए पनि अन्तर्राष्ट्रिय बजारको निम्ति भारत नेपालको लागि भरपर्दो र निक्कै आवश्यक विकल्प हो ।
यसर्थ ठूलो मात्रामा व्यापारिक र आर्थिक क्रियाकलाप भारतमा बढाउन, अन्तर्राष्ट्रिय मु्रदा सञ्चिती बढाउन पनि हामीले हाम्रो उत्पादनलाई विदेशी बजारसम्म पुर्याउनैपर्छ । यसको लागि गर्नुपर्ने काम भनेको हामीसँग भएको वस्तुको व्यापार, उर्जाको व्यापारको पनि उत्तिकै आवश्यकता छ ।

यसपटक भारतले नेपालले उत्पादन गरेको बिजुलीबारे ग्रीन सिग्नल दिएको बुझेका छौं । सहमतिको डिटेल आएपछि थप थाहा हुन्छ तर आफैंले उत्पादन गरेको बाहेकको बिजुली किन्न पनि भारतले सकारात्मक सन्देश दिनु राम्रो हो ।

यस अघि सुशील कोइरालाको पालादेखि गरिएको विभिन्न एग्रीमेन्ट अगाडि बढेन । दुई देशबीचको उर्जा सहकार्य बंगलादेश, भुटान, भारत र नेपाल (बिबिआइएन)बीच विस्तार गर्ने जस्ता महत्वपूर्ण विषय आफैंमा महत्वपूर्ण छ । रेलको उद्घाटन भएको छ, पञ्चेश्वर परियोजना निर्माणमा सहमति अर्को महत्वपूर्ण विषय हो ।

विद्युतको विकास र यसलाई अगाडि बढाउने भन्ने प्रतिज्ञा भारतकोबाट आएको छ । नेपालले आफैं उत्पादन गरेको बिजुलीमा यस अघि भारतको त्यतिधेरै वास्ता हुने थिएन । तर यसपटक भारतले नेपालले उत्पादन गरेको बिजुलीबारे ग्रीन सिग्नल दिएको बुझेका छौं । सहमतिको डिटेल आएपछि थप थाहा हुन्छ तर आफैंले उत्पादन गरेको बाहेकको बिजुली किन्न पनि भारतले सकारात्मक सन्देश दिनु राम्रो हो । खेर जाने बिजुली बेचेर हामीले कमाउन सक्छौं भने उर्जाको उपयोग गर्न लाग्नुपर्छ ।

किनकी यो सुरुवात हो । एमसिसी पनि बिजुलीको कनेक्टिभीटी हो । पूर्वाधार प्रसारण लाइन बनेपछि हामी ठूलो मात्रा बिजुली निर्यात गर्न सक्छौं । भारतसँग अहिले उर्जा व्यापार सम्बन्धमा केही सहमति भएको छ । यो राम्रो सुरुवात हो ।

सीमा समस्या समाधान

केपी ओलीको समयमा संसदले नेपालको नयाँ नक्सा जारी गर्यो । तर नक्सा जारी गर्नेभन्दा अरु भएन । ओली प्रधानमन्त्रीमा हुञ्जेल औपचारिक कुटनीतिक च्यानलमा यो विषयमा कुरा उठाएको देखिएन ।

औपचारिक कुरा उठाउनु अघि सीमासम्बन्धी यस्तो संवेदनशील विषयमा अनौपचारिक कुटनीतिक तहबाट विषय अगाडि बढाउनुपथ्र्यो । औपचारिक वार्ता अघि यस्तो विषयमा कुराकानी गर्नुपर्ने हुन्छ ।

हामी डा. प्रकाशशरण महतको नेतृत्वमा भारत जाँदा पनि सीमा समस्याका विषयमा अनौपचारिक कुराकानी भएको थियो । प्रधानमन्त्रीमार्फत हामीले पनि त्यतिखेर अनौपचारिक कुराकानी यस विषयमा गरेका थियौं ।

देशमा केही न केही गतिविधि र कार्यक्रम चलिरहँदा नियमित र गर्नुपर्ने काम नगर्ने भन्ने हुँदैन । राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्बन्ध र गतिविधि भइहरन्छन् । यसलाई स्वभाविक रुपमा लिनुपर्छ । गर्नैपर्ने कतिपय रेल, बिजुली, अन्य व्यापारसहितका विषयलाई सधैं ‘पेन्डिङ’मा राखेर हुँदैन ।

यसपटक भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले भित्र कोठामा होइन आधिकारिक पत्रकार सम्मेलनमा सीमाको कुरा उठाउनुभयो । प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा, ‘म र मोदीजीले सीमा समस्याबारे छलफल गरेको छौं । दुईपक्षीय संयन्त्र बनाएर समाधान गर्नुपर्छ ।’ भनेर प्रष्टै भन्नुभएको छ ।

विदेश सचिव हर्षवर्धन शृंगलाले यो विषयमा दुई प्रधानमन्त्रीबीच छलफल भएको र जिम्मेवारीपूर्वक सीमाको विषयलाई मिलाउनुपर्छ, समाधान गर्नुपर्छ तर राजनीतिक विषय बनाउन हुँदैन भन्नुभएको छ । नेपाल भारत सीमाको विषयलाई अब आपसी कुटनीतिक तहबाट सहजीकरण गरेर मिलाउँदै जानुपर्छ । किनकी सीमासम्बन्धी समस्या यो जुनसुकै देशका लागि पनि अत्यन्तै संवेदनशील इस्यु हो । यो आजको भोलि समाधान हुने विषय होइन । सहजीकरण गर्दै कुटनीतिक तहबाट मिलाउनुपर्छ ।

प्रधानमन्त्रीको भ्रमण अकस्मात तय भएको होइन । कांग्रेसको १४ औं महाधिवेशन अघि नै जाने भन्ने थियो । । तर पहिले कोभिड र पछि राजनीतिक व्यस्ताले समय मिलेको थिएन । देशमा कुनै न कुनै सन्दर्भ कार्यक्रम भइरहन्छ । अहिले चुनावको बेलामा भारत भ्रमण किन भयो भनेर प्रश्न पनि उठाउने काम भएका छन् । तर देशमा केही न केही गतिविधि र कार्यक्रम चलिरहँदा नियमित र गर्नुपर्ने काम नगर्ने भन्ने हुँदैन । राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्बन्ध र गतिविधि भइहरन्छन् । यसलाई स्वभाविक रुपमा लिनुपर्छ । गर्नैपर्ने कतिपय रेल, बिजुली, अन्य व्यापारसहितका विषयलाई सधैं ‘पेन्डिङ’मा राखेर हुँदैन ।

पार्टी कार्यालय र सम्मान

प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीको कार्यालय पहिले अशोका रोडमा थियो । तर अहिले अन्यत्रै अत्यन्तै राम्रो र आधुनिक मोेडेलको अफिस बनाउनु भएको रहेछ ।

विदेशबाट महत्वपूर्ण पाहुना आउँदा देखाउँ भनेर बोलाउनुभएको हो । प्रधानमन्त्रीको पार्टी तहबाट आग्रह भइसकेपछि टार्ने कुरा पनि भएन । हाम्रो प्रधानमन्त्री प्रधानमन्त्रीसहित पार्टी सभापति पनि हुनुहुन्छ । यसैले अफिस पनि हेरौं भनेर जानुभएको हो । उहाँहरूले सम्मानपूर्वक बोलाएपछि इज्जत दिनुपर्छ । यसैले नयाँ कार्यालय हेर्न जानुभएको हो । बिजेपीले नयाँ कार्यालयलाई विश्वकै ठूलो पार्टी कार्यालय र अत्याधुनिक भनेको छ । उहाँहरूले बोलाइसकेपछि कार्यालय हेर्न जानु अन्यथा होइन एकअर्काप्रति सम्मानभाव हो ।

(कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणासँगको कुराकानीमा आधारित)