NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मछिन्द्र एएफसी कप छनोटको प्रारम्भिक चरणबाटै बाहिरियो

काठमाडौं । नेपालको शहीद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लब एएफसी कप छनोट–२०२२ को प्ले अफको प्रारम्भिक चरणबाटै बाहिरिएको छ ।

आज काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा श्रीलंकन क्लब ब्लु स्टारसँग २–१ ले पराजित हुँदै प्रारम्भिक चरणबाटै बाहिरिइएको हो ।

खेलको पहिलो हाफमा नै ब्लु स्टारले २ गोलको अग्रता लिएको थियो ।

खेलको २४ औं मिनेटमा मोहमद इशानले गोल गर्दै ब्लु स्टारकालाई अग्रता दिलाएका थिए ।

यस्तै २७ औं मिनेटमा सेनल सन्देशले गोल गरेपछि ब्लु स्टारले अग्रता दोब्बर बनायो ।

खेलको इन्जुरी समयमा सुजल श्रेष्ठले गोल गर्दै मछिन्द्रलाई खेलमा फर्कने कोशिस गराए । तर त्यतिबेलासम्म ढिला भइसकेको थियो ।

दोस्रो हाफमा मछिन्द्रले केही सुन्दर अवसर गुमाएको थियो । जसका कारण खेल हार्न पुग्यो ।

मछिन्द्र श्रीलंकाको ब्लु स्टारसँग भिड्दै, जितेमा भारतको मोहन बगान प्रतिद्धन्द्धी

ताजा अपडेट

नेपालवाच विशेष