NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

यस्ता छन् कांग्रेस प्रचारप्रसार समितिका निर्णय

काठमाडौं । कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार—प्रसार समितिको बैठकले स्थानीय तहको निर्वाचनमा कांग्रेसका सबै तह र भ्रातृ संस्थालाई निर्वाचनमा परिचालन गर्ने निर्णय गरेको छ । निर्वाचनमा देशभरका सबै स्थानीय तहमा नेपाली कांग्रेसका प्रतिनिधिहरुलाई अत्यधिक बहुमतले विजयी बनाउन पार्टीका सबै संरचनालाई प्रचार प्रसारमा संलग्न गराउने निर्णय प्रचार समितिले गरेको हो ।

बैठकले पार्टीको संरचना अन्तरगत प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका र वडा तथा टोल इकाई समितिमा अबिलम्ब स्थानीय निर्वाचन प्रचार प्रसार समिति गठन गर्ने, सम्पूर्ण भातृ तथा शुभेच्छुक संस्थाहरुले पनि आफ्ना केन्द्रदेखि तलसम्म सबै तहका संरचनामा बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन प्रचार प्रसार समिति गठन गर्नेसहितका निर्णय गरेको छ ।
प्रचारप्रसार समिति अन्तर्गत विभिन्न समितिहरू पनि गठन गरिएको छ ।

यस्ता छन् बैठकका निर्णय 

१) नेपाली कांग्रेस सबै तह र भातृ तथा शुभेच्छुक संस्थाहरुलाई निर्देशन
बैठकले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा देशभरका सबै स्थानीय तहमा नेपाली कांग्रेसका प्रतिनिधिहरुलाई अत्यधिक बहुमतले विजयी बनाउन पार्टीका सबै संरचनालाई प्रचार प्रसारमा संलग्न गराउन निम्न निर्देशन दिने निर्णय गरेको छ ।

(क) पार्टीको संरचना अन्तरगत प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका र वडा तथा टोल इकाई समितिमा अबिलम्ब स्थानीय निर्वाचन प्रचार प्रसार समिति गठन गर्ने ।
(ख) सम्पूर्ण भातृ तथा शुभेच्छुक संस्थाहरुले पनि आफ्ना केन्द्रदेखि तलसम्म सबै तहका संरचनामा बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन प्रचार प्रसार समिति गठन गर्ने ।
(ग) प्रचार प्रसार समितिले केन्द्रीय प्रचार प्रसार समितिले प्रेषित गरेका सूचना र स्थानीय तहमा विकास गरिएका सूचना र प्रचार सामग्रीहरुलाई पार्टीका सबै संयन्त्र, सदस्य र शुभचिन्तकहरुमार्फत सबै मतदातासमक्ष पु¥याउने व्यवस्था गर्ने ।
(घ) प्रचार प्रसारको कार्य विवादरहित र प्रभावकारी हुने ढंगले सञ्चालन गर्ने ।

२) प्रचार प्रसार समिति अन्तरगत विभिन्न समितिको गठन
समितिको बैठकले समितिलाई आवश्यक परामर्श दिन वरिष्ठ पत्रकारहरु सम्मिलित एक सल्लाहकार समूह गठन गर्नुका साथै निर्वाचनमा सञ्चार माध्यमसंग समन्वय गर्नका लागि विभिन्न उपसमिति गठन गर्न संयोजक तोकेको छ ।
(क) प्रचार प्रसार सल्लाहकार समिति : संयोजक— हरिहर विरही
(ख) अनलाईन मिडिया समन्वय तथा प्रचारप्रसार समिति : संयोजक— विष्णु निष्ठुरी
(ग) छापा माध्यम समन्वय तथा प्रचारप्रसार समिति : संयोजक— किरण पोखरेल
(घ) टेलिभिजन समन्वय तथा प्रचार प्रसार समिति : संयोजक— अनिता बिन्दु
(ड) रेडियो, एफएम समन्वय तथा प्रचार प्रसार समितिः संयोजक— गोपाल झा

साथै, केन्द्रीय युवा प्रचार प्रसार नेटवर्क, केन्द्रीय प्रचार प्रसार अनुगमन समिति, प्रवास प्रचार प्रसार समिति र सांस्कृतिक समन्वय प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरियो ।