NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

जग्गा हालसाविक गराउन एक लाख घुस लिने नापी कार्यालयका दुई कर्मचारी नियन्त्रणमा

काठमाडौं । सेवाग्राहीको जग्गा हालसाविक गर्ने क्रममा एक लाख रुपैयाँ घुस माग्ने नापी कार्यालयका दुई कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् ।

नापी कार्यालय चावहिल १ नं नापी टोली बुढानिलकण्ठमा कार्यरत सर्वेक्षक विनोद केसी र अमिन प्रकाश राज भट्ट उक्त रकम लिइसकेको अवस्थामा भेटिएका हुन् ।

आयोगको टोलीले उनीहरुलाई घुस लिइसकेको अवस्थामा लगनखेलबाट नियन्त्रणमा लिएको जनाएको छ । सेवाग्राहीको काम पूरा गर्न घुस नदिइ नहुने अडान लिएपछि उनीहरु विरुद्ध उजुरी परेको थियो ।

निवेदकका अुनसार कर्मचारी द्वयले बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको १२ आना जग्गाको हालसाविक गर्ने क्रममा घुस मागेका थिए । घुस लिइसकेपछिमात्रै काम अघि बढाउन राजी भएका उनीहरुविरुद्ध उजुरी परेपछि आयोगको टोली खटिएको थियो ।