NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

श्रीलंकाको संकटकाल हट्यो, राजपक्षे सरकार अल्पमतमा

काठमाडौं । चरम आर्थिक संकटमा फसेको श्रीलंकाले यसअघि घोषणा गरिएको संकटकाल हटाएको छ ।

त्यहाँका राष्ट्रपति गोतावाय राजपक्षले जारी संकटकाल हटाउने घोषणा मंगलबार गरेका हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी सूचनामा संकटकालसम्बन्धी अध्यादेश फिर्ता लिइएको उल्लेख छ ।

बिबिसी हिन्दीका अनुसार मंगलबार रातिदेखि नै यो लागू भइसकेको छ ।

श्रीलंका इतिहासमै पहिलो पटक चरम आर्थिक संकटमा फसेको छ । महामारीका कारण आम्दानीको मुख्य स्रोत पर्यटनमा आएको मन्दीले श्रीलंका आर्थिक रूपमा टाट पल्टिएको बताइन्छ । देशमा गहिरिँदो आर्थिक संकटबीच जनता सडकमा उत्रिएका थिए । प्रदर्शनले हिंसात्मक दिशा समात्न थालेपछि श्रीलंका सरकारले गत अप्रिल १ मा देशव्यापी संकटकाल घोषणा गरेको थियो ।

यसैबीच गोताबाया राजपक्षेको सरकार अल्पमतमा परेको छ । २७ मन्त्रीद्वारा सामूहिक राजीनामा पछि सत्ता टिकाउन अनेक हत्कण्डा अपनाइए पनि राजपक्षे दाजुभाइ सफल भएका छैनन् ।