NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

लोसपा अध्यक्ष ठाकुर अस्वस्थ भएपछि उपचार गर्न काठमाडौं ल्याइयो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा अचानक समस्या आएको छ ।

पार्टीको कार्यक्रमका लागि भैरहवामा रहेका ठाकुर अचानक अस्वस्थ भएका हुन् ।

उपचारका लागि उनलाई आज दिउँसो हेलिकोप्टरबाट काठमाडौं ल्याइएको लोसपाले जनाएको छ ।

आज बिहान ठाकुरको स्वास्थ्यमा समस्या आएपछि भैरहवास्थित भीम अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो ।