NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

ट्विटरमा अबदेखि ट्विट एडिट गर्न मिल्ने

काठमाडौं । ट्विटरले अबको केही समयमा ट्विट एडिट गर्न मिल्ने फिचर ल्याउन लागेको जनाएको छ । एडिट फिचर राख्नका लागि गत वर्षदेखि नै काम थालेको पनि ट्विटरले जानकारी दिएको छ ।

‘धेरै माग गरिएको एडिट सुविधाको परीक्षण प्लेटफर्मको सशुल्क सदस्यता सेवा, ट्विटर ब्लूका प्रयोगकर्ताहरूलाई आउँदो महिनाबाट उपलब्ध हुनेछ’, ट्विटरले एक ट्विटमा भन्यो ।

ट्विटरले अरबपति एलन मस्कलाई आफ्नो बोर्डमा समावेश गरेपछि यो घोषणा आएको हो । सोमबार साँझ ट्विटरले बोर्डमा मस्कको नियुक्ति घोषणा गर्नुभन्दा केही घण्टा अघि मस्कले आफ्ना फलोअर्सलाई ट्विटर सम्पादन सुविधालाई समर्थन गर्ने कि नगर्ने भन्ने पोलमा मतदान गर्न आमन्त्रित गरेका थिए ।

मस्कको ट्विटलाई रिट्विट गर्दै सीईओ पराग अग्रवालले भने, ‘यस पोलको नतिजा महत्त्वपूर्ण हुनेछ । कृपया सावधानीपूर्वक मतदान गर्नुहोस् ।’