NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

काठमाडौंका म्यादी प्रहरीको नतिजा सार्वजनिक

काठमाडाैं ।आगामी स्थानीय तह निर्वाचनका लागि माग गरिएका काठमाडौं जिल्लाका म्यादी प्रहरीको अन्तिम नतिजा प्रकाशित गरिएको छ । महानगरीय प्रहरी परिसर टेकुले अन्तर्वार्तामा उत्तीर्ण म्याद प्रहरीका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशित गरेको हो ।

उत्तीर्ण भएकाहरुलाई चैत पर्सि शुक्रबार दिउँसो १ बजे चोभार नजिकैको ल्याबरोटरी हाइस्कुलमा बोलाइएको छ । आगामी सोमबारदेखि उनीहरुको तालिम सुरु हुने प्रहरीले जानकारी दिएको छ ।

मुलुकभर एक लाख म्यादी प्रहरी भर्नाको लागि आवेदन माग गरिएको थियो ।