NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

केजिएफ-२ : यस्तो छ ‘कोलार गोल्ड फिल्ड्स’को इतिहास

‘उसलाई भन्दिनु, म आफ्नो केजिएफ लिन आउँदैछु’, केजिएफ-२ मा अभिनेता सञ्जय दत्तको यो संवाद अहिले निकै चर्चामा छ । दर्शकका सामु चर्चित यस फिल्मको ट्रेलर हालै रिलिज गरिएको छ । ट्रेलर रिलिज भएपछि सामाजिक सञ्जालमा तरंग आएकाे छ । ट्रेलर अहिले युट्युबमा ट्रेन्डिङ १ मा छ । यो फिल्म अप्रिल १४ मा रिलिज हुँदैछ । फिल्मकाे प्रचार व्यापक गरिएको छ । सञ्जय दत्त, रविना टन्डन र प्रकाश राजसहितका कलाकारले अभिनय गरेका छन् । जसमा कन्नड सुपरस्टार यश मुख पनि रहेका छन् ।

यो फिल्म मुल रुपमा कन्नड भाषामा बनेको थियो । यस फिल्मको पहिलो भाग २१ डिसेम्बर, २०१८ मा कन्नड, तेलुगु र तमिलसहित हिन्दीमा पनि रिलिज गरिएको थियो । कुनै समय भारतकाे चर्चित सुन खानीकाे रूपमा रहेकाे केजिएफकाे कथामा फिल्म बनेकाे हाे ।

केजिएफको इतिहास
केजिएफ अर्थात् कोलार गोल्ड फिल्ड्स कर्नाटकको दक्षिण पूर्वी क्षेत्रमा रहेको छ । दक्षिण कोलार जिल्लाको सदरमुकामदेखि ३० किलोमिटरको दुरीमा रोबर्टसन्पेटनजिकै यो खानी छ । बेंगलुरुको पूर्वमा अवस्थित बैंगलोर–चेन्नई एक्सप्रेस वेबाट १०० किलोमिटर टाढा केजिएफ टाउनसिप छ । समाचार वेभसाइट ‘द क्विन्ट’ ले आफ्नो एक रिपोर्टमा केजिएफको सानदार इतिहासबारे लेखेको छ ।

केजिएफमा उत्खनन १२१ वर्षभन्दा धेरै समयदेखि सुरु भएको थियो । सन् २००१ सम्म त्यहाँ उत्खनन भयो । एक रिपोर्टका अनुसार १२१ वर्षमा त्यहाँ ९०० टनभन्दा धेरै सुन निकालिएको छ ।

यस रिपोर्टअनुसार सन् १८७१ मा न्युजिल्यान्डदेखि भारत गएका ब्रिटिश सैनिक माइकल फिट्जगेराल्ड लेभेलीले बेंगलुरुमा घर बनाएका थिए । त्यतिवेला उनी धेरै समय पढेरै बिताउँथे । यसैबीच उनले १८०४ मा एशियाटिक जर्नलमा प्रकाशित चार पृष्ठको एउटा लेख पढेका थिए । यस लेखमा कोलारमा पाइने सुनबारे बताइएको थियो ।

यस विषयमा पढ्दै गर्दा उनले बेलायती सरकारका लेफ्टिनेन्ट जोन वारेनको लेख फेला पारे । लेभेलीबाट प्राप्त जानकारीअनुसार सन् १७९९ को श्रीरंगपट्टनमको युद्धमा टिपु सुल्तानलाई मारेर अंग्रेजहरुले कोलार र वरपरको क्षेत्र कब्जा गरेका थिए । यसको केही समयपछि अंग्रेजले यही जमिन मइसुर राज्यलाई दिए । तर उनीहरुले सर्वेक्षणका लागि कोलार क्षेत्र आफैसँग राखेका थिए ।

सुनको खोजी
चोल साम्राज्यका मानिसहरु हातले जमिन खनेर सुन निकाल्थे । त्यसपछि वारेनले सुनको बारेमा जानकारी दिनेलाई पुरस्कार दिने घोषणा गरे । त्यो घोषणाको केही दिनपछि गाउँलेहरु गोरुगाडामा वारेन भएको ठाउँमा आए । त्यो बयलगाडीमा कोलार क्षेत्रको माटो अड्किएको थियो । गाउँलेहरुले वारेनको अगाडिको माटो धोएर निकाल्दा त्यसमा सुनको अंश भेटियो ।

एक समय यस्तो आयो, त्यहाँबाट सुन निकाल्न खर्च हुने पैसा भन्दा सुन उत्पादन कम हुन्थ्याे । घाटा हुँदै गएपछि सन् २००१ मा भारत गोल्ड माइन्स लिमिटेड कम्पनीले सुुन उत्खनन गर्न बन्द गर्ने निर्णय गर्यो । त्यसपछि केजिएफ खन्डहर बन्यो ।

वारेनले यसपछि अनुसन्धान अघि बढाए । कोलारका मानिसहरुले हातले खनेर सुन निकाल्छन् भन्ने वारेनले थाहा पाए । वारेनले ती मानिसहरुलाई विशेष प्रविधिको सहयोगबाट अझै धेरै सुन निकाल्न सकिने बताए । वारेनको रिपोर्टपछि सन् १८०४ देखि १८६० को बीचमा धेरै रिसर्च र सर्वे भए । तर अंग्रेज सरकारले यसबाट केही निष्कर्ष पाएन । यसबाट फाइदा हुनको साटो अध्ययनका क्रममा धेरैले ज्यान गुमाए र त्यहाँ खन्नलाई प्रतिबन्ध लगाइयाे ।

सन् १८७१ मा वारेनको रिपोर्ट पढेपछि लेभेलीको कोलारमा ध्यान गयो । उनी कोलारसम्म पुगे । त्यहाँ दुई वर्षसम्म अध्ययन गरेपछि सन् १८७३ मा लेभेलीले मइसुरका महाराजसँग त्यहाँ उत्खन्न गर्न अनुमति मागे । लेभेलीले कोलार क्षेत्रमा २० वर्षसम्म खन्ने अनुमति प्राप्त गरे । यसपछि सन् १८७५ देखि साइटमा काम गर्न सुरु गरे ।

सुरुका केही वर्षहरुमा, लेभेलीको धेरैजसो समय पैसा उठाउन र मानिसहरुलाई काममा लगाउन खर्च भएको थियो । धेरै मुस्किलपछि केजिएफबाट सुन निकाल्ने काम सुरु भयो । केजिएफ खानीमा पहिले टर्च र मट्टितेलका लाल्टिनहरु बालेर उज्यालो बनाइन्थ्यो तर त्यो पर्याप्त नभएपछि बिजुली प्रयोग गर्ने निर्णय भयो । यसपछि केजिएफ बिजुली बल्ने भारतको पहिलो सहर बनेको थियो ।

केजिएफमा पानीको आवश्यकता पुरा गर्नका लागि बेलायती सरकारले पोखरी पनि निर्माण गर्यो । त्यहाँबाट केजिएफसम्म पाइपलाइन बनाइयो । पछि त्यो पोखरी त्यहाँको मुख्य आकर्षण बन्न पुग्यो ।

कोलार गोल्ड फिल्डमा बिजुली लैजान १३० किलोमिटर टाढा काभेरीमा बिजुली केन्द्र बनाइएको थियो । बिजुलीकाे काभेरी केन्द्र जापानपछि एशियाको दोस्रो सबैभन्दा ठूलो प्लान्ट हो । यसको निर्माण कर्नाटकको मान्ड्या जिल्लाको शिवनसमुद्रमा गरिएको थियो । सुनको खानी भएकै कारण बेंगलुरु र मइसुरभन्दा केजिएफलाई प्राथमिकता दिन थालियो । बिजुली पुगेपछि सुन उत्पादन पनि बढ्यो । फलस्वरुप, सन् १९०२ सम्म केजिएफले भारतको ९५ प्रतिशत सुन निकाल्न थाल्यो । सन् १९०५ मा भारत सुन खानीको हिसाबले विश्वको छैटौं स्थानमा पुगेको थियो ।

केजिएफमा सुन भेटिएपछि त्यहाँको रुप नै फेरियो । त्यस समयका बेलायती सरकारका अधिकारी र इन्जिनियरले त्यहाँ आफ्नो घर बनाउन थाले । मानिसहरुलाई त्यहाँको माहोल मन पर्न थाल्यो । उनीहरुले त्यसलाई इंग्ल्यान्ड जस्तो मान्न थाले । डेक्कन हेराल्डका अनुसार केजिएफलाई त्यहाँ सानो इंग्ल्यान्ड भन्न थालियो ।

केजिएफमा पानीको आवश्यकता पुरा गर्नका लागि बेलायती सरकारले पोखरी पनि निर्माण गर्यो । त्यहाँबाट केजिएफसम्म पाइपलाइन बनाइयो । पछि त्यो पोखरी त्यहाँको मुख्य आकर्षण बन्न पुग्यो । बेलायती अधिकारी र स्थानीय नागरिक पर्यटनका लागि जान थाले । अर्कोतर्फ, आसपासका राज्यबाट जाने मजदुरको संख्या पनि बढ्यो । सन् १९३० पछि त्यहाँ ३० हजार मजदुर काम गर्थे ।

भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि कोलार गोल्ड फिल्ड्सलाई आफ्नो नियन्त्रणमा लियो । यसको करिब एक दशकपछि सन् १९५६ मा यो खानीलाई राष्ट्रियकरण गरियो ।

भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि कोलार गोल्ड फिल्ड्सलाई आफ्नो नियन्त्रणमा लियो । यसको करिब एक दशकपछि सन् १९५६ मा यो खानीलाई राष्ट्रियकरण गरियो । सन् १९७० मा भारत सरकारको भारत गोल्ड माइन्स लिमिटेड कम्पनीले त्यहाँ काम गर्न सुरु गर्यो । सुरुमा फाइदा भए पनि विस्तारै कम हुँदै गयो ।

सन् १९७९ पछि कम्पनीसँग कामदारका लागि दिने पैसा पनि भएन । ८० को दशकको क्रममा केजिएफको समय खराब हुन थाल्यो । सोही क्रममा धेरै कर्मचारीलाई निकालियाे । यससँगै कम्पनीको घाटा पनि बढ्दै गएको छ । एक समय यस्तो आयो, त्यहाँबाट सुन निकाल्न खर्च हुने पैसा भन्दा सुन उत्पादन कम हुन्थ्याे । घाटा हुँदै गएपछि सन् २००१ मा भारत गोल्ड माइन्स लिमिटेड कम्पनीले सुुन उत्खनन गर्न बन्द गर्ने निर्णय गर्यो । त्यसपछि केजिएफ खन्डहर बन्यो ।

केजिएफमा उत्खनन १२१ वर्षभन्दा धेरै समयदेखि सुरु भएको थियो । सन् २००१ सम्म त्यहाँ उत्खनन भयो । एक रिपोर्टका अनुसार १२१ वर्षमा त्यहाँ ९०० टनभन्दा धेरै सुन निकालिएको छ । उत्खनन बन्द भएपछि १५ वर्षसम्म केजिएफमा सबै ठप्प रह्यो । हाल नरेन्द्र मोदी सरकारले २०१६ मा पुनः काम गर्ने संकेत दिएका थिए । अझै पनि त्यस खानीमा सुन बाँकी छ भनिन्छ ।