NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा परेको मुद्दामा थुनछेक बहस सकियो

काठमाडौं । अभिनेता पल शाह (पूर्णविक्रम शाह) विरुद्धको मुद्दामा जिल्ला अदालत नवलपुरमा थुनछेक बहस सकिएको छ ।

एक नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपमा जिल्ला अदालत नवलपुरमा मुद्दा दायर भएको थियो ।

थुनछेक बहसपछि आदेश आजै आउने अदालत प्रशासनले जनाएको छ । पीडित किशोरीको तर्फबाट तीनजना सरकारी वकिल र शाहको तर्फबाट नौ जनाले बहस गरेको अदालतका वैतानिक वकिल दीपक भट्टराईले जानकारी दिए ।

यसअघि जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षमा राखी अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।

जिल्ला अदालतका विरुद्ध शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । उच्च अदालतले जिल्ला अदालतको कैफियत फैसला मगाउन आदेश दिएको दिएको थियो ।