NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

कस्तो छ महन्थ ठाकुरलाई अहिले ?

काठमाडौं । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा सुधार आएको छ ।

ठाकुरको उपचारमा संलग्न चिकित्सकका अनुसार, उनको स्वास्थ्यावस्थामा क्रमिक सुधार आइरहेको छ ।

पार्टी कार्यक्रमका लागि भैरहवा पुगेका ठाकुरलाई छाती दुख्ने, ज्वरो आउनेजस्ता समस्या देखिएपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले ठाकुरको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् ।

श्वासप्रश्वासमा समस्या भई उपचार गराइरहेका ठाकुरको स्वास्थ्यावस्थाबारे जानकारी लिन बुधबार साँझ गृहमन्त्री खाँण अस्पताल पुगेका हुन् ।

खाँणले भेटका क्रममा ठाकुरको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि स्वास्थ्यावस्थाबारे जिज्ञासा राखेको उनलाई सुनाएका थिए ।