NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

बेन्जिमाको ह्याट्रिकमा चेल्सीमाथि रियल मड्रिडको सानदार जित

काठमाडौं (एजेन्सी) । रियल मड्रिडले चेल्सीलाई हराएको छ । यूईएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलअन्तर्गत गएराति भएको पहिलो लेगमा चेल्सी ३–१ गोल अन्तरतले स्तब्ध बनेको हो ।

रियलको जितका लागि करिम बेन्जिमाले ह्याट्रिक गरे । उनले २१ औं २४ औं र ४६ औं मिनेटमा गोल गरेर चेल्सीको अग्रता फराकिलो बनाए ।

चेल्सीका लागि भने काइ हाभर्टजले सान्त्वना गोल गरे ।

योसँगै रियल अब च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना प्रवल बनेको छ ।

त्यसैगरी, गएराति नै भएको अर्को खेलमा भिल्लारियलले कठिन जित निकालेको छ । बार्यन म्युनिखसँग प्रतिस्पर्धामा उत्रिएको भिल्लारियलले १–० गोल अन्तरमा जित निकालेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष