NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

के राप्रपाको पक्षमा साँच्चै जनमत बढेको हो ?

काठमाडौँ । करिब एक महिनापछि स्थानीय तहको निर्वाचन सम्पन्न हुँदैछ । त्यसलगत्तै संघ र प्रदेश प्रतिनिधिसभाको निर्वाचन हुनेछ ।

यस पटक निर्वाचनमा राप्रपाको पक्षमा जनमत बढेको चर्चा भइरहेको छ । राप्रपाले पनि अघिल्लो निर्वाचनको तुलनामा यस पटक तीन गुणा बढि सिट संख्यामा विजयीको झण्डमा फहराउने दावी गर्दै आइरहेको छ । निर्वाचन अघि हरेक दलले आफ्नो पक्षमा जनमत रहेको दावी गर्नु स्वभाविक हो ।

तर राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको पक्षमा चुनावी जनमत बढ्दै गएको सुचना प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत पुगेको छ ।

राज्यको गुप्तचर निकायहरुले राप्रपाको पक्षमा चुनावी जनमत देखिएको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुर्याएका छन् । नियमित पेश हुने ब्रिफिङ प्रतिवेदन’ मा हरेक राजनीतिक दलको गतिविधिलाई मशिनोगरि बिश्लेषण गरिएको छ ।

पछिल्लो एक हप्ताको अनुसन्धानको रिर्पोटमा राप्रपाले चुनावी अभियानलाई ब्यापक बनाएको, अन्य दल त्यागेर राप्रपा प्रवेश गर्ने संख्यामा बृद्धि भएको र राप्रपाले आयोजना गर्ने आमसभाहरुमा जनसहभागीता उल्लेख्य रहेको उल्लेख छ ।

राप्रपाले चुनावी अभियानमा पनि नयाँ अनुहारलाई देश दौडाहामा पठाएको छ ।

चुनावी सभाहरुमा लिङ्देन र उनका अन्य नेताहरुले मुख्यगरी ५ वटा एजेण्डा प्रस्तुत गर्दै आएका छन् ।

यि हुन् राप्रपाले चुनावमा उठाइरहेका ५ मुद्धा

१. अहिले देशको अवस्थामा सामान्य देखिएपनि आर्थिक् र सामाजिक रुपमा देश खोक्रो हुन थालेको छ ।

२. वर्तमान गठबन्धन सरकारले थप बेरोजगारी सृजना गरिरहेको छ ।

३. चुनावमा जनताले सही निर्णय गर्न नसक्दा नै देशको यो हालत भएको हो ।

४. गलत व्यक्तिको हातमा देश पुग्दा देश डुब्नै लागिसक्यो ।

५. आगामी निर्वाचनमा मतको सही सदुपयोग गरेर देश बचाउन मतदातासँग आग्रह

एकै दिन ८ सय जना राप्रपा प्रवेश

गुप्तचर रिर्पोटमा चैत्र २२ गते एउटै कार्यक्रमबाट राप्रपामा ८ सय जना विभिन्न दलका कार्यकर्ताहरु राप्रपा प्रवेश गरेको उल्लेख छ ।

रिर्पोटअनुसार मोरङको विराटनगर महानगरपालिका वडा नं ९ स्थित महेन्द्रचोकमा राजेन्द्र लिङ्देनको प्रमुख अतिथ्यतामा आमसभा आयोजना भएको थियो । सो क्रममा करिब ८ सय अन्य दलका कार्यकर्ताहरु राप्रपा प्रवेश गरेका हुन् ।

स्थानीय चुनावमा लिङ्देनको रणनीति : पूर्व-पश्चिम हुँदै केन्द्र घेर्ने

ताजा अपडेट

नेपालवाच विशेष