NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

सिमकार्ड लिँदा ख्याल गर्नु है, कारबाहीमा परिएला

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले रप्तपूवर्क केवाइसी फारम नभरी सिम नलिन र नदिन सचेत गराएको छ ।

मोबाइल सेवा प्रदायकहरूले स्पष्ट फारम नभराई सिमकार्ड वितरण गरिरहेको भन्ने सूचना प्राप्त भइरहेको भन्दै दूरसंचार प्राधिकरणले नियमक निकायको निर्देशन र नियमअनुसार मात्रै सिमकार्ड बेच्न चेतावनी दिएको हो ।

प्राधिकरणले ग्राहकलाई पनि आफ्नो वास्तविक विवरणको आधारमा मात्रै सिमकार्ड खरिद गर्न आग्रह गरेको छ ।

अन्यथा प्रचलित कानूनअनुसार कारबाही हुने विषय प्राधिकरणले स्मरण गराएको छ । आफूले प्रयोग गर्ने सिमकार्ड अरूको नाममा भएमा वा गलत व्यक्तिगत विवरण भरेर कार्ड लिएमा आफूमाथि अपराध हुँदा अनुसन्धानमा सहयोग गर्न टेलिकमलाई सहज हुँदैन ।

यस्तै अरूको नामको वा आफ्नो पहिचान नभएको फोन नम्बर प्रयोग गर्दा जुनसुकै बेला फस्न सकिने हुँदा विवरण भर्दा यथार्थ विवरण भर्न सम्झाएको हो ।