NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

बेलायतमा भूतको डरले बिरामी हुनेको संख्या ह्वात्तै बढ्यो

काठमाडौं । कोरोनाको अन्त्यपछि अहिले विश्वमा मानसिक समस्याका बिरामी बढिरहेका छन् । जसमा भूतको डरले सताउने मान्छे धेरै छन् । बेलायतबाट यस्ता चकित पार्ने घटनाहरु आइरहेका छन् । ती व्यक्तिहरूमा हालै गरिएको एक अध्ययनमा यो कुरा बाहिर आएको हो । अहिले मानिसहरु कोरोनाबाट निको भएर अनाैठाे खालका समस्यासम्बन्धी रोगसँग लडिरहेका छन् ।

बेलायतमा कोरोनापछि असाधारण गतिविधि देखिएको छ । त्यहाँका जनताले घोस्ट हन्टरदेखि डाक्टरसम्मको सहयोग लिइरहेका छन् । मानिसहरु निद्राबाट उठेर घरमा बस्छन्, कसै-कसैले भारी चिज खसेको आवाज सुन्छन् । यस्ता घटनाहरू रेकर्ड गर्नका लागि उनीहरूले आफ्नो घरमा ध्वनि पत्ता लगाउने यन्त्र र क्यामेराहरू जडान गरिरहेका छन् । बेलायतमा वैज्ञानिक रुपमा भूतको पहिचान गर्ने हन्टर्सको माग पनि अचानक बढेको छ ।

कोभिडपछि सुरु भएको यो समस्या अहिले राष्ट्रिय स्तरमा बढेको छ । लन्डनको गोल्ड स्मिथ युनिभर्सिटीका प्रोफेसर क्रिस्टोफर फ्रेन्चले कोभिडको समयमा मानिसहरूले फुर्सदको समयमा टेलिभिजनमा प्रसारण हुने थ्रिलर सिरियलहरू र डराउने कार्यक्रमहरू हेरेका कारण यस्तो समस्या बढेको बताउँछन् ।

विगत एक वर्षमा राति एक्कासी बत्ती निभ्ने, अनौठो आवाज आउने घटना भएको भन्दै एक हजारभन्दा बढी व्यक्तिले भिडियो रेकर्ड गरेका छन् ।

त्यस्ता रोगहरूलाई मानसिक रोग भनिन्छ, जसमा चिन्ता (एन्जाइटी), अनिद्रा, डिप्रेसन र अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (ओसीडी) र पोस्ट ट्रामेटिक स्ट्रेस डिसअर्डरजस्ता समस्याहरू देखिन्छन् । निद्रा नलाग्ने समस्या मानिसमा सबैभन्दा बढी देखिएको छ र मानिसहरु सधैं कुनै न कुनै गहिरो सोचमा काम गरिरहेका हुन्छन् । यससँगै यस्ता व्यक्तिमा सधैं बेचैनी महसुस हुने समस्या पनि देखापरेको छ ।

बेलायतमा काेराेना महामारीपछि मानसिक बिरामीकाे संख्या धेरै बढेकाे द गार्डियनले उल्लेख गरेकाे छ ।