NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

युएनको मानवअधिकार परिषदबाट रुसलाई हटाउने प्रस्तावमा मतदान हुने

न्युयोर्क । संयुक्त राष्ट्र महासभामा बिहीबार रुसलाई मानवअधिकार परिषदबाट हटाउनका लागि अमेरिकाले गरेको प्रस्तावमा मतदान हुँदैछ । ४७ सदस्य राष्ट्र भएको संयुक्त राष्ट्र मानवअधिकार परिषदबाट कुनै पनि देशलाई हटाउनका लागि दुई तिहाइ बहुमतको आवश्यकता पर्छ ।

मतदानमा सहभागी नहुने राष्ट्रलाई गणना गरिदैन । समाचार एजेन्सी रोयटर्सका अनुसार सन् २०११ मा लिबियामा प्रदर्शनकारीमाथि तत्कालीन तानाशाह मुअम्मर गद्दाफीका सेनाले हिंसा गरेपछि मानवअधिकार परिषदबाट निलम्बन गरिएको थियो ।

पश्चिमी देशका अधिकारीले १९३ सदस्य भएको महासभामा मस्कोलाई निलम्बित गर्नका लागि पर्याप्त समर्थन हुने विश्वास गरेका छन् । यतिवेला तयार पारिएको प्रस्तावमा युक्रेनको मानवीय एवं मानअधिकार संकटप्रति चिन्ता व्यक्त गरिएको छ । यस प्रस्तावमा चर्चा गर्दै संयुक्त राष्ट्र संघमा अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले रोयटर्ससँग भनिन्, ‘हामीले रुसलाई मानवअधिकारको सम्मान गर्दै भविष्यमा जवाफदेहिताविहिन रहन दिने छैनौं भन्नु महत्वपूर्ण छ ।’

समाचार एजेन्सी रोयटर्सले पनि रुसले सदस्य देशहरुलाई प्रस्तावको समर्थनमा मतदान गर्न वा मतदानबाट टाढा रहनेलाई ‘गैर–मित्र’ मानिने र सम्बन्धित देशसँगको द्धिपक्षीय सम्बन्धलाई पनि असर गर्ने बताएको छ ।

रुसले २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको थियो । त्यसयता संयुक्त राष्ट्र संघको महासभाले रुसको निन्दा गर्ने दुईवटा प्रस्तावमा मतदान गरेको छ । तर रुसले आफूमाथि लगाएका मानवअधिकार उल्लंघनका सबै आरोप खण्डन गर्दै युक्रेनमा ‘विशेष सैन्य अभियान’ सञ्चालन गरिरहेको बताएको छ । रुसी सेनाले युक्रेनको बुचा सहरमा सयौं सर्वसाधारणको हत्या गरेको आरोप लगाएपछि अमेरिकाले रुसलाई मानवअधिकार परिषदबाट हटाउने प्रस्ताव ल्याएको हो ।