NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

गैरसांसद बन्दी कानुनमन्त्री, बडुलाई उद्योगको जिम्मा

काठमाडौं । गैह्र सांसद गोविन्द बन्दीलाई कानुनमन्त्री बनाइएको छ ।

अधिवक्ता बन्दीलाई सरकारको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनमन्त्रीमा नियुक्त गरेकी हुन् । उनले आजै सपथ लिंदैछन् ।

यस अघि कानुनमन्त्री रहेका दिलेन्द्रप्रसाद बडूलाई उद्योग मन्त्रालयको जिम्मा दिइएको छ ।

बन्दी माधव नेपाल निकटका अधिवक्ता हुन् ।

एमसिसी पास गर्न सत्ता गठबन्धनलाई मनाउने व्याख्यात्मक घोषणा तयार गर्न बन्दीले प्रमुख भूमिका खेलेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्धमा सर्वोच्चमा बन्दीले बहस गरेका थिए । ओलीले दुवैपटक प्रतिनिधिसभा विघटन गर्दा बन्दीले रिट लेख्नेदेखिका काममा सत्तारुढ दल निकट भएर काम गरेका थिए । यही निकटताले उनलाई मन्त्री हुने अवसरसम्म आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष