NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कस्तो छ महन्थ ठाकुरको स्वास्थ्य अवस्था ?

काठमाडौं । पार्टीको कार्यक्रममा भाग लिने क्रममा अकस्मात बिरामी भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा सुधार आएको छ ।

उनी राति आफैँ हिडेर बाथरुम गएको तथा गृहमन्त्री बालकृष्ण खाँण भेट्न जाँदा निकैबेर कुरा गरेको पार्टीका नेता केशव झाले जानकारी दिए ।

पार्टीको कार्यक्रमका लागि भैरहवामा रहेका ठाकुर बुधबार अचानक अस्वस्थ भएका थिए ।

उपचारका लागि उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।

हाल उनको उपचार ललितपुरको नख्खुस्थित मेडिसिटी हस्पिटलमा भइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष