NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

यी ४ कारण जसले गैरसांसद गोविन्द बन्दीलाई मन्त्री ‘पुरस्कार’ दिलायो !

काठमाडौं । कानुन पृष्ठभूमिका गैरसांसद गोविन्द बन्दीलाई गठबन्धन सरकारले आज एकाएक कानुनमन्त्री बनाएको छ । यसले नेपाली राजनीतिलाई अचम्मित र तरंगित बनाएको छ ।

विशेषगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन विरुद्धको मुद्दामा महत्वपूर्ण भूमिका खेलेका कारण वरिष्ठ अधिवक्ता बन्दीलाई कानुनमन्त्री बनाएर पुरस्कृत गरिएको पाइएको छ । उनलाई गैरसांसद भए पनि मन्त्री बनाइएको हो ।

उनलाई बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।

मन्त्री बनाइनुका ४ कारण :

१. बन्दी नेकपा (एकीकृत समाजवादी) निकट कानुन व्यवसायी हुन् । ओलीले ०७७ पुस ५ र ०७८ जेठ ८ मा गरी दुईपटक संसद् विघटन गर्दा उनले सो कदमवरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यसैले, अन्तर्राष्ट्रिय कानुनका ज्ञातासमेत रहेका बन्दीलाई मन्त्री बनाउन अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीसँग पटक-पटक ताकेता गरेका थिए ।

२. गृहजिल्ला दैलेख भएको बन्दीलाई नेता सोमप्रसाद पाण्डेको दबावमा मन्त्री बनाइएको निकट स्रोतले जनाएको छ । पाण्डे नाताले अध्यक्ष नेपालका सम्धी पर्छन् । बन्दी पाण्डे पारिवारिक नाता पर्ने बुझिएको छ । लामोसमय कानुन व्यवसायीको रूपमा काम गरेका बन्दीले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

३. एमसिसीलाई लिएर सत्तागठन्धन नै टुट्ने अवस्थामा पुगेको थियो । उनले अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा भएको अभ्यासको नजीर देखाउँदै व्याख्यात्मक टिप्पणीसहित १२ बुँदे पुरक प्रस्ताव संसद् पारित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरका थिए ।

४.बन्दीको प्रयासले गठबन्धन जोगाउन भूमिका खेलेको थियो । गठबन्धन ढाल्ने एमालेको रणनीतिलाई असफल पुर्याएकोले पनि उनलाई मन्त्रीको रूपमा पुरस्कृत गरिएको बुझिएको छ ।

गैरसांसद बन्दी यसरी बने मन्त्री, यस्तो छ उनको पृष्ठभूमि !