NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

किमभन्दा पनि क्रुर छिन् उनकी बहिनी

प्योङयाङ । उत्तर कोरियाका शासक किम जङ उनकी बहिनी किम यो जोङले तीन दिनमा दोस्रोपटक दक्षिण कोरियालाई ध्वस्त बनाउने धम्की दिएकी छन् । किम यो जोङले दक्षिण कोरियाले आक्रमण गर्ने साहस गरे उत्तर कोरियाले यसको नाम नै मेटाइदिने चेतावनी दिएकी थिइन् । उनले विगतमा पनि अमेरिका र दक्षिण कोरियामा आणविक हमला गर्ने धम्की दिएकी छिन् ।

किम जोङ उनकी बहिनी किम यो जोङ उत्तर कोरियाकी महिला नेता र कूटनीतिज्ञ हुन् । हाल उनी देशको उच्च सरकारी निकायको प्रमुख छन् । यसमा निकायमा काम गर्ने उनी एक्ली महिला हुन् । गतवर्ष सेप्टेम्बरमा उनलाई उक्त निकायको प्रमुखमा नियुक्त गरिएको थियो, जसलाई विश्वभरका सञ्चारमाध्यमहरूले दक्षिण कोरिया र अमेरिकालाई धम्की दिएबापतको पुरस्कारका रूपमा व्याख्या गरेका थिए ।

उत्तर कोरियाको राज्य मामिला आयोगको प्रमुख बन्नुअघि उनी आफ्ना दाइको सल्लाहकार पदमा थिइन् । उनी उत्तर कोरियामा उच्च पदमा नियुक्त हुने केही महिला अधिकारीमध्येकी एक हुन् । उनलाई उत्तर कोरियाली राजनीतिमा सबैभन्दा शक्तिशाली व्यक्तित्व पनि मानिन्छ ।

किम यो जोङले आफ्नो देशमा सत्ताविरुद्ध आवाज उठाउनेप्रति निकै क्रूर अडान लिन्छिन् । गत वर्ष किम यो जोङले सरकारी निकायका धेरै उच्च अधिकारीहरूलाई गोली हान्न आदेश दिएकी थिइन् ।

बहिनी किम यो जोङ उत्तर कोरियाका शासकको निकटतम सदस्य हुन् । उनी दाजुभन्दा चार वर्ष कान्छी छिन् । दुवै दाजुबहिनी सन् १९९० देखि २००० सम्म स्विजरल्याण्डको निजी विद्यालयमा पढेका थिए । यसपछि स्वदेश फर्केर उनले प्योङयाङको किम इल सुङ विश्वविद्यालयबाट कम्प्युटर विज्ञान पढिन् । सोही वर्ष उनी कोरियाली वर्कर्स पार्टीमा पनि प्रवेश भइन् । दुई दाजुबहिनीबीच निकै राम्रो सम्बन्ध छ । किम जोङ उन आफ्नी बहिनीलाई सबैभन्दा बढी विश्वास गर्छन् ।

किम यो जोङ पहिलोपटक सन् २०१० मा सार्वजनिक रुपमा देखिएकी थिइन् । अर्को वर्ष अर्थात् २०११ मा उनी आफ्ना पिता किम जोङ इलको अन्त्येष्टिमा देखिइन् । बुबाको मृत्युपछि दाजु किम जङ उन देशको सर्वोच्च नेता बने । त्यसपछि उनले दाजुको कार्यक्रम व्यवस्थापनको जिम्मेवारी लिइन् ।

सन् २०१४ मा किम जङ उन सार्वजनिक जीवनबाट अचानक गायब भए । किम यो जोङ त्यसपछि कोरियाली वर्कर्स पार्टीको प्रचार विभागको उपनिर्देशक बनिन्, जहाँ उनले आफ्नो दाइको छवि सुधार्नमा ध्यान केन्द्रित गरिन् । केही दिनपछि उनी पार्टी अध्यक्ष भइन् ।

सन् २०२० मा पनि सुन तस्करी काण्डमा १० सुरक्षाकर्मीको गोली हानी हत्या भएको थियो भने नौ जनालाई आजीवन कारावासको सजाय सुनाइएको थियो ।

उनी यो पदमा पुग्ने पहिलो महिला बनिन् । उत्तर कोरियामा उनको राजनीतिक भूमिका लामो समयदेखि रहस्यको रूपमा रहेको छ । तीन वर्षअघि अमेरिकाले मानवअधिकार उल्लंघनको आरोपमा उनलाई प्रतिबन्ध लगाएको थियो ।

किम जङ उन बिरामी हुँदा वा कुनै कारणले सार्वजनिक रूपमा आउन नसकेपछि उनकी बहिनी किम यो जोङले सबै कुराको हेर्छिन् । चाहे त्यो आफ्नो छवि सुधार्ने कुरा होस् वा विरोधीहरूलाई हटाउने कुरा होस् । यस अवधिमा दाजुपछि उनी देशको अर्को प्रमुख हुनसक्ने दाबी पनि पटक पटक भइसकेको छ ।

किम यो जोङले दक्षिण कोरिया र अमेरिकाको नीति अनुगमन गर्छिन् । यससँगै उनी देशको सूचना विभाग पनि सम्हाल्छिन् । उनी प्रायः आफ्ना दाजु किम जङ उनसँग राष्ट्रका महत्वपूर्ण कार्यक्रममा देखिन्छिन् ।

सन् २०१९–२०२० मा पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इनसँगको शिखर बैठकमा किम यो जोङ आफ्ना दाइसँग छायाँ जस्तै बनेर गएकी थिइन् । उनी किम जङ उनको सबैभन्दा भरपर्दो सदस्य र सल्लाहकारका रूपमा यी शिखर बैठकहरूमा सहभागी भइन् ।

किम जोङ उनकी बहिनी प्रायः आफ्नो कडा भनाइका कारण चर्चामा रहन्छिन् । उनले बारम्बार अमेरिकामाथि आणविक हमला गर्ने र दक्षिण कोरियालाई ध्वस्त पार्ने धम्की दिएकी छन् । उनको आदेशमा केही महिनाअघि उत्तर र दक्षिण कोरियाको सीमामा रहेको एक कार्यालयको भवन विस्फोटक पदार्थले उडाइएको थियो । त्यो भवन दक्षिण कोरियाले आफ्नै पैसाले बनाएको हो ।

अमेरिका र दक्षिण कोरियालाई खुलेर धम्की दिने किम यो जोङले आफ्नो देशमा सत्ताविरुद्ध आवाज उठाउनेप्रति निकै क्रूर अडान लिन्छिन् । गत वर्ष किम यो जोङले सरकारी निकायका धेरै उच्च अधिकारीहरूलाई गोली हान्न आदेश दिएकी थिइन् ।

रेडियो फ्री एशियाले दुई उत्तर कोरियाली अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ, ‘देशमा हाल शासक किम जङ उनकी बहिनीको आदेशमा गोली हानेर मारिएका एक शीर्ष अधिकारीको हत्या बारे चर्चा छ । सबैको मनमा त्रास छ । प्योङयाङमा मारिएका अधिकारीको पहिचान हुन सकेको छैन ।’

यसअघि सन् २०२० मा पनि सुन तस्करी काण्डमा १० सुरक्षाकर्मीको गोली हानी हत्या भएको थियो भने नौ जनालाई आजीवन कारावासको सजाय सुनाइएको थियो ।