NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

काठमाडौंबाट बेवारिसे सात थान मोटरसाइकल बरामद

काठमाडौं । प्रहरीले बेवारिसे अवस्थामा रहेका सात थान बुलेट मोटरसाइकल बरामद गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट ती मोटरसाइकल बरामद गरेको हो ।

बरामद गरिएका मोटरसाइकल बिहीबार भन्सार कार्यालयको जिम्मा लगाइएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार भारतीय नाकाबाट भन्सार छली चोरीपैठारी गरेर मोटरसाइकल भित्र्याइएको हो ।

सुप प्र ०१-००९ प २०५०, से७प ८४८९, प्र०१-०४९ प ३३२६, बा४९प ९३२२, बा प्र ०२-०२३-२४७४, सुप प्र ०१-००९प ५१६६ र सु प प्र ०१-००८ प ५५९ नम्बरका मोटरसाइकल बरामद गरिएका हुन् । ती मोटरसाइकलको मूल्य २१ लाख बराबर रहेको बताइएको छ  ।