NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बार एशोसिएसनको अध्यक्षमा सत्ता गठबन्धनका घिमिरे जितनजिक, कसले कति मत ल्याए ?

काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार गोपालकृष्ण घिमिरे जितनजिक देखिएका छन् ।

पछिल्लो अपडेट अनुसार घिमिरेले दुई हजार सात सय ६८ मत पाएका छन् । प्रतिस्पर्धी एमाले निकटका कानुन व्यवसायी विष्णुमणि अधिकारीले एक हजार चार सय एक ल्याएका छन् । घिमिरे सत्ता गठबन्धनबाट कांग्रेसको कोटाबाट अध्यक्षको उम्मेदवार बनेका थिए ।

घिमिरले एक हजार तीन सय ६७ मतले अग्रता लिएका हुन् । ६ बजेपछि अर्को अपडेट आउँदा घिमिरे विजय नजिक पुग्ने निर्वाचन समितिका एक सदस्यले जानकारी दिए ।

‘घिमिरेको झण्डै १४ सय मतको अग्रता छ । गणना हुन बाँकी मत काठमाडौंको मात्रै हो’ ती सदस्यले भने, ‘काठमाडौंमा त्यस्तै १७ १८ सय मत होला । यस्तोमा घिमिरेको जित लगभग पक्का भएको छ ।’

गठबन्धनमा माओवादी केन्द्र निकटकी उम्मेदवार अञ्जिता खनालले महासचिवमा दुई हजार चार सय ४७ मत ल्याएकी छिन् । प्रतिस्पर्धी एमाले निकटका उम्मेदवार केदार कोइरालाको एक हजार ६ सय मत आएको छ ।

कोषाध्यक्षमा जगत कार्कीको १४५२ र भरतबहादुर राउतले दुई हजार ६ सय ७३ मत ल्याएका छन् ।