NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

२० देशमा राजदूत सिफारिस, को कहाँ ?

काठमाडौं । सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले २० जनालाई राजदूतका लागि सिफारिस गरेको हो ।

जसमा ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ रहेको बालुवाटारनिकट स्रोतले जनाएको छ ।

कहाँ को ?

– चीनका लागि नेकपा (माओवादी केन्द्र)का नेता विष्णुपुकार श्रेष्ठ ।

– नेकपा (एकीकृत समाजवादी)को कोटामा रसियाका लागि मिलन तुलाधर, अष्ट्रेलियाका लागि केशवराज पोखरेल, मलेसियाका लागि डिल्ली पौडेल ।

– दक्षिण अफ्रिकाका लागि दानबहादुर बम्जन तामाङ, ओमानका लागि शर्मिला पराजुली, दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, जापानका लागि दुर्गाबहादुर सुवेदी ।

– जसपा नेता नवराज सुवेदीलगायत पनि राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् । तर, कतिपयको बायोडाटा लिनुपर्ने र केही नामको योग्यताको बुझ्नुपर्ने भएकाले सबैको नाम आधिकारिक रूपमा बाहिर ल्याइएको भने छैन ।