NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

आगामी निर्वाचनमा एक करोड ७७ लाख मतदाता : ७ प्रदेश र ७७ जिल्ला कुनमा कति ?

यस्तो छ मतदानस्थल र केन्द्रको संख्या

काठमाडौं । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा लागि १ करोड ७७ लाख बढी मतदाता योग्य देखिएका छन् ।
निर्वाचन आयोगको अन्तिम नामावली अनुसार निर्वाचनमा भाग लिन नेपालको जनसंख्याको ६० प्रतिशत बढी नागरिक योग्य भएका हुन् । ओयोगले आगामी स्थानीय तह चुनावमा सात वटै प्रदेश र ७७ जिल्लामा जिल्लागत मतदाताहरूको अन्तिम संख्या प्रकाशित गरेको छ । स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ जनाले मतदान गर्न पाउनेछन् ।

मतदातामा महिलाभन्दा पुरूषको संख्या बढीे छ । पुरूषको संख्या ८९ लाख ९२ हजार १० जना रहेको छ । महिला मतदाता ८७ लाख ४१ हजार ५३० जना रहेका छन् ।

त्यस्तै सबैभन्दा बढी मतदाता वाग्मती प्रदेशमा रहेको छ । कुल मतदातामध्ये वाग्मतीमा ३४ लाख १२ हजार ८६९ रहेका छन् । सबैभन्दा कम मतदाता कर्णाली प्रदेशमा छन् । कर्णालीमा कुल संख्यामध्ये १० लाख १ हजार २८२ मतदाता छन् । त्यस्तै यौनिक तथा अल्पसंख्यक समुदायबाट १८३ जनाले निर्वाचनमा भाग लिन पाउनेछन् ।

यसैगरी आयोगले देशभर १० हजार ७५६ मतदानस्थल तोकेको छ । मतदान केन्द्रको संख्या २१ हजार ९५५ रहेको छ ।

कुन प्रदेश र जिल्लामा कति छन्, मतदाता संख्या ?