NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

फिफा यसकारण फुटबल खेल १०० मिनेटको बनाउन चाहन्छ

काठमाडौं । फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले खेल समय १० मिनेट बनाउने योजना बनाएको छ ।

आगामी हिउँददेखि फुटबलका खेल ९० मिनेटबाट १०० मिनेट खेलाउने योजना बनाइएको फिफालाई उदृत गर्दै फुटबल इटालियाले जनाएको छ ।

फुटबल खेल दौरान अपेक्षाअनुरूप बल नियन्त्रणमा नभएको भन्दै फिफाले १० मिनेट समय थप्ने योजना अघि सारेको हो ।

फिफाले बल ’प्ले’ को प्रतिशतलाई सुधार्न १० मिनेटको समय थप गर्न लागेको बताइएको छ ।

फिफाका अध्यक्ष गियान्नी इन्फाटिनो आफैँले यस मुद्दा उठाएका हुन् ।

खेलकुद अध्ययनका अन्तर्राष्ट्रिय केन्द्र (सिआइइएस)को तथ्याङ्कअनुसार च्याम्पियन्स लिगको खेल ६४ दशमलब ७ प्रतिशत मात्र बल ’प्ले’ मा रहेको पाइएको छ ।

यस्तै, इंग्लिस प्रिमियर लिगमा यो झन् घटेर ६२ प्रतिशतमात्र रहेको छ ।