NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

बुढीगण्डकी विदेशी कम्पनीलाई नदिने सरकारको निर्णयपछि विश्वप्रकाशका तीन ट्वीट

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बुढीगण्डकी आयोजना विदेशी कम्पनीलाई नदिने सरकारको निर्णयको स्वागत गरेका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस अघि चिनियाँ गेजुवा कम्पनीलाई दिनेबारे भएको मन्त्रिपरिषद्को निर्णय खारेज गरेपछि स्वदेशी लगानीमै बनाउनुपर्नेमा शर्माले जाेड दिएका हुन् ।

सरकारको यस्तो निर्णय आएलगत्तै शुक्रबार ट्वीट गर्दै शर्माले एमाले अध्यक्ष केपी ओलीले आत्मालोचना र डा. बाबुराम भट्टराईले लगाएको ९ अर्ब बाँडेर खाएको आरोपमा लज्जाबोध गर्नुपर्ने पनि बताएका छन् ।

आवेग र परित्याग त्यागेर स्वदेशी लगानीमै बहुउद्देश्यीय आयोजना निर्माणमा सबै जुट्नुपर्ने मत शर्माको छ ।

यो आयोजनाबाट १२ सय मेगावाटको विद्युत उत्पादन मात्रै होइन, फेवातालभन्दा दशौंगुणा ठूलो जलाशय, बृहत् पर्यटनको केन्द्र, पिउने पानी र सिँचाइमा प्रयोग गर्नुपर्नेसहितकाे प्रस्ताव शर्माको छ ।

यो आयोजनाको लागि डिजेल र पेट्रोल खरिद गर्दा प्रतिलिटर अघि ५ पछि १० रुपैयाँ गर्दा अर्बौं रकम जनताबाट उठिसकेको शर्माको भनाई छ ।