NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

बारअध्यक्षमा कांग्रेस निकटका घिमिरे १९९२ मतले विजयी, पदाधिकारीमा कसले कति मत ल्याए ?

काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार गोपालकृष्ण घिमिरे विजयी भएका छन् ।

सत्तारुढ दल कांग्रेस निकटको डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत रहेका घिमिरे भारी मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।

पराजित एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार विष्णुमणि अधिकारी सहजै पराजित भएका हुन् ।

घिमिरले चार हजार चार सय ७४ मत ल्याए । एक हजार ९ सय ९२ मतले पछि पार्दै जितेका हुन् । एमाले निकटका अधिकारीले दुई हजार चार सय ८२ मत ल्याए ।

महासचिवमा सत्ता गठबन्धनबाटै माओवादी निकटकी अञ्जिता खनाल विजयी भएकी छिन् । उनले प्रगतिशीलका केदार कोइरालालाई पराजित गरेकी हुन् ।

महासचिवमा खनाल तीन हजार ६ सय ८२ मत ल्याएर विजयी भइन् । प्रतिस्पर्धी प्रगतिशीलका केदार कोइरालाले दुई हजार ९ सय ८९ मत ल्याए ।

कोषाध्यक्षमा पनि सत्ता गठबन्धनका भरतबहादुर राउत विजयी भएका छन् । उनले जगत कार्कीलाई पराजित गरेका हुन् ।
बारको निर्वाचनमा ७ हजार चार सय २९ मत खसेको थियो ।

कोषाध्यक्षमा राउत चार हजार ३६ मतले विजयी हुँदा पराजित जगत कार्कीले दुई हजार ८ सय १८ मत ल्याए ।

वाग्मती उपाध्यक्षमा हर्कबहाुदर रावल विजयी भए । उनले चार हजार तीन सय ४७ मत ल्याए । पराजित डिल्लीराम मैनालीले दुई हजार ५ सय १७ मत ल्याए ।

पदाधिकारी र सदस्यमा सत्ता गठबन्धनको प्यानल नै विजयी भएको हो ।

कसले कति मत ल्याए हेर्नुहाेस् सूची :