NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

चार तस्बिरमा हेर्नुहोस् बारका विजयी

काठमाडौं । नेपाल बार एशोसिएसनको पदाधिकारी र सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले प्यानल नै जितेका छन् । १९ चैतमा भएको मतदानबाट अध्यक्षसहितका पदाधिकारी र सदस्य सत्तारुढ गठबन्धनले जितेका हुन् ।

अध्यक्षमा सत्ता गठबन्धनका कांग्रेस निकटका गोपालकृष्ण घिमिरे विजयी भए । उनले एमाले निकटको प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका विष्णमणि अधिकारीलाई भारी मतले पराजित गरेका हुन् । विजयी घिमिरे डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत हुन् ।

घिमिरले चार हजार चार चार सय ७४ मत ल्याएर जिते । एक हजार ९ सय ९२ मतले पछि पर्दै एमाले निकटका अधिकारीले दुई हजार चार सय ८२ मत मात्रै ल्याए ।

महासचिवमा सत्ता गठबन्धनबाटै माओवादी निकटकी अञ्जिता खनाल विजयी भइन् । यो पदमा प्रगतिशीलका केदार कोइराला पराजित भए । कोषाध्यक्षमा पनि सत्ता गठबन्धनका भरतबहादुर राउत विजयी भएका छन् । जगत कार्की पराजित भए ।

एमाले निकटका कानुन व्यवसायीलाई पराजित गरेपछि बार परिसरमा विजयी पक्षले विजयोत्सव मनाएका छन् ।

बारअध्यक्षमा कांग्रेस निकटका घिमिरे १९९२ मतले विजयी, पदाधिकारीमा कसले कति मत ल्याए ?

तस्बिर अञ्जना अर्यालकाे फेसबुकबाट