NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

को हुन् भारी मतले बार एशोसिएसनको अध्यक्ष जित्ने घिमिरे ?

काठमाडौं । स्थानीय तहको निर्वाचन अघि सत्ता गठबन्धनमा आवद्ध दल निकटका कानुन व्यवसायी मिल्दा एमाले निकटका कानुन व्यवसायीले नमिठो पराजय बेहोरेका छन् ।

नेपाल बार एशोसिएसनकाे अध्यक्षसहितका पदाधिकारी र सदस्यमा सत्ता गठबन्धनले भारी मतसहित प्यानल नै जितेको छ ।

अध्यक्षमा ७ हजार चार सय २९ मत खसेकोमा गोपालकृष्ण घिमिरे चार हजार चार सय ७४ मत ल्याएर विजयी भए । उनको जित अन्तर १९९२ रह्यो । यो भनेको ६०.२२ प्रतिशत हो ।

अध्यक्षमा पराजित विष्णुमणि अधिकारीले दुई हजार चार सय ८२ मत मात्रै ल्याए ।

विजयी घिमिरे कांग्रेस निकटका कानुन व्यवसायीहरूको संस्था डेमोक्रेटिक लयर्स एसोसियनका पूर्व अध्यक्षसमेत हुन् ।

बीचमा अर्का संयोजकले राजीनामा दिएपछि घिमिरेलाई कांग्रेसले १४ औं महाधिवेशन गर्न निर्वाचन समितिको संयोजक बनाएको थियो ।
सत्ता गठबन्धनकै तर्फबाट बारको अध्यक्षमा लड्न घिमिरेले निर्वाचन समितिको संयोजकबाट राजीनामा दिएका थिए ।

संस्थापन शेरबहादुर देउवा निकटका घिमिरे १३ औं महाधिवेशनका बेला पनि निर्वाचन समितिका सदस्य थिए ।

विजयी घिमिरे र पराजित अधिकारी दुवै वरिष्ठ अधिवक्ता हुन् ।

भारतबाट एलएलएम गरेका घिमिरे संवैधानिक कानुनका विज्ञ मानिन्छन् । वाणिज्यसम्बन्धी कानुनका पनि उनी जानकार मानिन्छन् ।

घिमिरे चितवनका हुन् ।

बारअध्यक्षमा कांग्रेस निकटका घिमिरे १९९२ मतले विजयी, पदाधिकारीमा कसले कति मत ल्याए ?

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष