NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

मौसम : कतै वर्षा, कतै बदली, सुधार हुन तीन दिन लाग्ने

काठमाडौं । काठमाडौंसहित देशभरको मौसममा बदलाव आएको छ । कतिपय स्थानमा वर्षा नै भइरहेको छ भने अधिकांश स्थानमा बदली भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् निराजन सापकोटा नयाँ प्रणालीका कारण नभई स्थानीय र पश्चिम वायुको प्रभावले मौसम प्रभावित भएको बताउँछन् ।

महाशाखाका अनुसार, हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

संघीय राजधानी काठमाडौ र यस आसपासका जिल्लामा पनि अहिले पानी परिरहेको छ ।

मौसमविद् सापकोटाका अनुसार, प्रदेश १, वाग्मती र गण्डकीमा पनि आज वर्षा हुने सम्भावना छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने पनि उनले जानकारी दिए ।

‘कुनै उल्लेख्य मौसमी प्रणाली देखानपरे पनि स्थानीय र पश्चिमी वायुका कारण पर्सिसम्म मौसम यस्तै रहने देखिन्छ,’ मौसमविद् सापकोटाले नेपालवाचसँग भने ।