NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

पुरुषहरु बहुविवाहप्रति किन आकर्षित हुन्छन् ?

काठमाडौं । हामीले हजुरआमाका कथामा ‘राजाका सयाैं रानी थिए’ भन्ने सुनेका थियौं । तर अझै पनि केही मानिसहरु यस्तै सोख भएका भेटिन्छन् । विवाह उनीहरुको लागि सामाजिक हैसियतको प्रतीक बन्छ । विश्वमा बेला बेलामा सुनिने यस्ता घटनामध्ये पछिल्लोपटक ब्राजिलका मोडल आर्थर ओउर्सोको पनि यस्तै कथा सार्वजनिक भएको छ ।

ती मोडलले ९ विवाह गरेका थिए । उनकाे सबै श्रीमतीलाई साथमा राख्ने साेख थियाे । तर, केही समयपछि याे भीडभाडबाट चित्त दुखाएर उनकी एक श्रीमतीले सम्बन्धविच्छेदको घोषणा गरिन् । एउटी श्रीमतीले सम्बन्धविच्छेदकाे घाेषणा गरेपछि उनले थप दुई विवाह गर्ने घोषणा गरे ।

थप विवाह गरेपछि उनका १० वटा श्रीमती भए । १० वटा श्रीमती सँगै राख्ने उनको पुरानो सपना हो । आर्थर यसअघि एकैपटक आठ महिलासँग विवाह गरेर चर्चामा आएका थिए । आर्थरले यसो गरेर ‘स्वतन्त्र प्रेम’ लाई बढावा दिएको विश्वास गर्छन् । तर विवाह गरेको एक वर्षभित्रै उनकी श्रीमती अगाथा उनीसँग अलग भइन् । यो विवादमा आर्थरसँग बाँकी श्रीमतीको समर्थन छ ।

अगाथाकाे व्यवहार राम्राे नभएको र रोमाञ्सका मात्र विवाह गरेको उनले आरोप लगाए । आर्थरको अहिले एउटी छोरी मात्र छिन्, तर भविष्यमा उनी आफ्नी प्रत्येक पत्नीबाट सन्तान जन्माउन चाहन्छन् ।

धेरै विवाह गरेर श्रीमतीसँगै राख्ने यो पहिलो घटना भने होइन । यस्ता धेरै सेलिब्रेटी र आम मानिस समाजमा छन् ।

यस्तैमा भारतको ओडिशा राज्यमा एक व्यक्तिले पैसाका लागि ३० जना महिलासँग विवाह गरेको तथ्य बाहिर आएको छ । ६७ वर्षीय विभुप्रकाश स्वैनले विभिन्न सहरका अविवाहित, सम्बन्धविच्छेद भएका र एकल महिलासँग बिहे गरेर पैसा असुल्ने गर्र्दै आएका थिए । उनले आफ्नो फोनमा श्रीमती वान, श्रीमती टु, डाक्टर श्रीमती, हुनेवाला श्रीमती जस्ता नाममा श्रीमतीहरुको नम्बर सेभ गर्थे । उनले प्रहरी, वकिल, डाक्टरलगायत धेरै उच्च पदस्थ महिलासँग विवाह गरेका थिए ।

भारतकै अर्का एक व्यक्तिले ३९ श्रीमती र ९४ सन्तानको पूरै परिवार बनाएका थिए । नातिनातिनासहित उनको १८१ जनाको परिवारलाई संसारको सबैभन्दा ठूलो परिवारको दर्जा दिइएको थियो । यो कीर्तिमान कायम गर्ने मिजोरमकी जिओना चानाको ७६ वर्षको उमेरमा गत वर्षको जुनमा निधन भएको थियो । उनी आफ्ना सबै ३९ श्रीमतीसहित मिजोरममा १०० कोठाको घरमा बस्थे ।

बहुविवाह एवं प्रेमसम्बन्धका मामिलामा शासकहरुका अनेक कथा हुन्छन् । यस्तैमा, लिबियाका तानाशाह मुहम्मद गद्दाफीमा पनि महिलाको सोख थियो । उनले आफ्नो सुरक्षाका लागि सुन्दर महिला सेना राखेका थिए । गद्दाफीले दुईवटा विवाह गरेका थिए ।

अर्का, युगाण्डाका क्रूर तानाशाह इदी अमिनले पाँचवटा विवाह गरेका थिए । यसबाहेक उनले एक बंगलामा ३० जना महिला राखेका थिए ।

पुरूषहरू किन बहुविवाहप्रति आकर्षित हुन्छन ? भन्ने प्रश्नमा ब्रेन फाउन्डेसनका मनोचिकित्सक डा सम्राट कार भन्छन्, ‘सामान्यतया पुरुषहरूले आफ्नो हैसियत देखाउन लागि यस्तो गर्छन् । धेरै विवाह गरेर उनीहरु आफ्नो व्यवस्थापन शक्ति  बलियाे भएकाे देखाउन चाहन्छन् ।’ तर, डा कारले पुरुषले गर्ने यस्तो व्यवहारलाई ‘व्यक्तित्व समस्या’ भनेका छन् । डा कारले महिला सँधै एक विवाहको पक्षमा र पुरुष बहुविवाहको पक्षमा रहेने बताए ।