NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

माओवादीबाट गाउँपालिका अध्यक्ष भएका कार्की एमाले प्रवेश

काठमाडौं । माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष जितेका खड्गबहादुर कार्की एमालेमा प्रवेश गरेका छन् । उनी ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका अध्यक्ष हुन् ।

माओवादी केन्द्र ओखलढुंगाका प्रभावशाली नेता मानिन्छ । कार्कीसहित चम्पादेवीमा एक दर्जन माओवादी कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

कार्की २०४९ सालको स्थानीय निकायको निर्वाचनमा साबिक फूलबारी गाविसका उपाध्यक्ष र २०५४ सालमा अध्यक्ष पदमा नेकपा एमालेको तर्फबाट विजयी भएका थिए ।