NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित अखबारहरूले विविध विषयलाई समाचारको रूप दिएर छापेका छन् ।

कान्तिपुर दैनिकले गभर्नरमाथि थालिएको कारबाही प्रक्रियामाथि आज पनि मुख्य समाचार बनाएको छ । सरकारले गभर्नरलाई निशाना बनाउँदा देशको अर्थतन्त्र थप जोखिममा परेको कान्तिपुर समाचारको सार छ ।

अवैध रूपमा ग्रिस छिर्ने प्रयोजनका लागि ग्रिस पुगेका ३७ नेपाली पक्राउ परेको, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले उच्च अदालतको न्यायाधीश अस्वीकार गरेकोलगायत खबरलाई कान्तिपुरले पहिलो पृष्ठमा स्थान दिएको छ ।

नयाँ पत्रिकाले ‘एजेण्डा र निष्ठा होइन, पैसाले लडिन्छ चुनाव’ शीर्षकमा ब्यानर समाचार लेखेको छ । निर्वाचनमा उम्मेदवारले गर्ने असीमित खर्चले भ्रष्टाचारलाई बढावा दिनुका साथै सुशासन कायम गर्न कठिन हुने भन्दै विज्ञहरूले चिन्ता जायर गरेका छन् ।

अन्नपूर्णले एन्टिबायोटिकको असरबारे चिरफार गरेको छ भने राजधानीले गठबन्धनभित्र तालमेलको किचलो देखापरेको जनाएको छ ।