NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

चितवनका कुखुरा र सुली तनहुँमा निषेध !

काठमाडौं । चितवनमा उत्पादित कुखुरा, त्यसको अण्डा, चल्ला, मासु र सुली तनहुँमा आयात गर्न नपाइने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, तनहुँले चितवनमा उत्पादित कुखुराजन्य वस्तु आयातमा रोक लगाएको हो ।

तनहुँमा बर्डफ्लू रोग संक्रमण फैलन नदिन जिल्ला बर्डफ्लू रोग नियन्त्रण समितिको निर्णयअनुसार चितवनमा उत्पादित कुखुराजन्य वस्तुको आयात निषेध गरिएको वरिष्ठ पशु विकास अधिकृत डा. बालकुमार श्रेष्ठले जानकारी दिए ।

पछिल्लो समय चितवनसँगै देशका विभिन्न भागमा बर्डफ्लू संक्रमण फैलिएको छ । चितवनमा उत्पादित कुखुरालाई निषेध गरिए पनि अन्यत्रबारे भने कुनै निर्णय गरिएको छैन ।

वरिष्ठ पशु विकास अधिकृत श्रेष्ठका अनुसार, चैत २६ गते दिउँसो १२ बजेदेखि कार्यान्वयनमा आएको यो नियम अबको एक हप्ता लागू हुनेछ ।