NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

कोरोनाबाट भारतमा थप २९ जनाको मृत्यु

काठमाडौं (एजेन्सी) । कोरोना भाइरस संक्रमणबाट भारतमा पछिल्लो २४ घण्टामा २९ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा १०५४ नयाँ केस भेटिएको र २९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । योसँगै भारतमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच लाख २१ हजार ६८५ पुगेको छ ।

एक हजार २५८ संक्रमित कोरोनामुक्त भएका छन् । भारतमा अब ११ हजार १३२ जना सक्रिय संक्रमित छन् ।