NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सलमानको नेपाल भ्रमण : १५ सय सुरक्षाकर्मी, ७ अंगरक्षक

काठमाडौं । आगामी जेठ १३ मा नेपाल आउन लागेका बलिउड अभिनेता सलमान खानको सुरक्षाका लागि आयोजकले सरकारसँग १५ सय सुरक्षाकर्मी माग गरेको छ ।

आयोजक ओडिसी इन्टरटेन्मेन्ट र हिता ग्रुपले सलमानको सुरक्षा प्रवन्धका लागि १५ सय सुरक्षाकर्मी सरकारसँग माग गरेको हो ।

उनी जेठ १४ मा दशरथ रंगशालामा हुने ‘दबंग टुर रिलोडेड’ का लागि एक दिनअघि नेपाल आउँदै छन् । सलमानसँगै अन्य बलिउड कलाकार पनि नेपाल आउन लागेका छन् ।

सलमानको सुरक्षामा कुनै कमजोरी नहोस् भनेर आफूहरुले १५ सय सुरक्षाकर्मी माग गरेको आयोजकले जनाएका छन् ।

साथै, कार्यक्रममा ६०० देखि ७०० सेक्युरिटी फिल्डमा उतारिनेछ भने ओडिसीबाट २०० स्वयंसेवक पनि खटिनेछन् ।

सलमानको सुरक्षाका लागि ओडिसीले सातजना पर्सनल अंगरक्षक (बडिगार्ड)सँगै सरकारसँग पिएसओसमेत मागिने आयोजकले जनाएका छन् ।

तीन दिने भ्रमरण आउन लागेको सलमानको टिम सोल्टी होटलमा बस्ने छ । सलमानको टिमलाई ६ करोड भारु पारिश्रमिक दिएर नेपाल ल्याउन लागिएको हो ।