NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बक्स अफिसमा हजार करोड कमाउने तेस्रो भारतीय फिल्म बन्यो आरआरआर

यतिबेला भारतीय फिल्म आरआरआरले बक्स अफिसमा लगातार रेकर्ड तोडिरहेको छ । ५ सय ५० करोड बजेटमा बनेको यो फिल्म प्रदर्शनमा आएको तेस्रो हप्ता अर्थात् १६ दिनमै विश्वभरबाट हजार करोड भन्दा धेरै कमाइ गरिसकेको छ ।

भारतमा अभिनेता आमिर खान अभिनित दंगल र प्रभासको बाहुबली २ पछि हजार करोड क्लबमा प्रवेश गर्ने तेस्रो फिल्म बनेको छ आरआरआर ।

भारतमा सय करोड क्लबमा प्रवेश गर्ने अभिनेतामध्येमा आमिर खान, राना दगुबती र प्रभास थिए । यो सूचिमा अब रामचरण र जुनियर एनटिआर पनि प्रवेश गरेका छन् ।

फिल्ममा राम चरण तेजा, जुनियर एनटिआर, अजय देवगन र आलिया भट्टलगायतको अभिनय रहेको छ । फिल्मलाई एसएस राजामौलीले निर्देशन गरेका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष