NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

टि–२० वरीयतामा नेपाल एसोसियटकै ‘नम्बर वान’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली टि–ट्वान्टी अन्तर्राष्ट्रिय वरीयतामा एसोसियटको नम्बर वान राष्ट्र बनेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एसोसियट राष्ट्रको शीर्ष स्थानमा रहन सफल भएको हो ।

नेपालले टेष्ट राष्ट्र आयरल्याण्डलाई समेत पछि पार्दै विश्व वरीयताको १२ औं स्थान रहेको छ । आयरल्याण्ड १५ औं स्थानमा मात्र छ ।

नेपाल वरीयतामा ११ वटा टेष्ट राष्ट्रभन्दा मात्र पछि छ ।

नेपालले हालैमात्र त्रिदेशीय टि–ट्वान्टी सिरिजको उपाधि जितेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष